- माघ ६, २०८२
- No Comment
- 86
रुकुम पश्चिमबाट जनार्दन शर्माले उम्मेदवारी दर्ता गराए

काठमाडौँ — प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक जनार्दन शर्मा ‘प्रभाकर’ले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गराएका छन्।
शर्माले रुकुम पश्चिमस्थित निर्वाचन कार्यालयमा पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन्। यसअघि नेकपा माओवादी केन्द्रबाट पटक–पटक निर्वाचन जित्दै आएका शर्मा यसपटक भने नयाँ दल प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट चुनावी मैदानमा उत्रिएका छन्।
उनको उम्मेदवारी दर्तासँगै रुकुम पश्चिमको राजनीतिक प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।



