- माघ ६, २०८२
- No Comment
- 80
महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी दर्ता

काठमाडौं — नेपाल जनसेवा पार्टीबाट भक्तपुर–२ मा नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध शोभा पाठकले उम्मेदवारी दर्ता गराएकी छन्। पाठकले भक्तपुर–२ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएकी हुन्।
शोभा पाठकले यसअघि महेश बस्नेतमाथि आफूलाई बलात्कार गरेको आरोप लगाउँदै प्रहरीदेखि अदालतसम्म मुद्दा दायर गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा पनि बस्नेतविरुद्ध विभिन्न आरोप लगाउँदै आएकी छन्।
भक्तपुर–२ मा एमालेका महेश बस्नेतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्री पनि चुनावी प्रतिस्पर्धामा रहेका छन्। पाठकको उम्मेदवारीसँगै यो क्षेत्रको राजनीतिक प्रतिस्पर्धा थप चासोको विषय बनेको छ।



