- माघ ६, २०८२
- No Comment
- 87
रामहरि खतिवडाको टिकट खोसियो

काठमाडौं — नेपाली कांग्रेसले ओखलढुंगामा अन्तिम समयमा उम्मेदवार फेरबदल गरेको छ। यसअघि उम्मेदवार बन्ने निश्चित जस्तै देखिएका तथा अघिल्लो निर्वाचनमा विजयी रामहरि खतिवडाको टिकट अन्ततः खोसिँदै कुमार लुइटेललाई प्रदान गरिएको छ।
पार्टी स्रोतका अनुसार अन्तिम क्षणमा भएको निर्णयअनुसार कांग्रेसले ओखलढुंगाबाट कुमार लुइटेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो। यसअघि खतिवडाले टिकट पाएको चर्चा चले पनि औपचारिक रूपमा उम्मेदवारको नाम परिवर्तन गरिएको हो।
कांग्रेसको यो निर्णयले जिल्लाको राजनीतिक वृत्तमा चासो बढाएको छ। टिकट परिवर्तनको कारणबारे पार्टीले आधिकारिक रूपमा केही नबताए पनि आन्तरिक समीकरण र रणनीतिक कारणले उम्मेदवार फेरिएको बताइएको छ।



