- माघ ४, २०८२
- No Comment
- 64
तरुल र चाकु खानुका फाइदा के–के ? कुन बिरामीले होसियार रहनुपर्छ

चिसो मौसममा यी खानेकुराले शरीरलाई शक्ति दिनुका साथै तातोपन कायम राख्न मद्दत गर्छन्। पोषणविद्हरूका अनुसार तरुल र सखरखण्डमा पाइने फाइबर, भिटामिन र खनिज पदार्थले शरीरलाई फाइदा पुर्याउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ।
तर, यस्ता परिकारहरू स्वास्थ्यका लागि फाइदाजनक भए पनि मात्रा मिलाएर खानु आवश्यक हुन्छ। अत्यधिक सेवनले तत्काल अपच, पेट दुख्ने, वान्ता हुनेजस्ता समस्या देखिन सक्ने चिकित्सकहरूको भनाइ छ।
मकर संक्रान्तिमा तरुल र चाकु खानुका फाइदा
– तरुल, घ्यु, चाकु र तिलको लड्डु स्वास्थ्यका दृष्टिले उपयोगी छन्।
– चिसो मौसममा यी खानेकुराले शरीरलाई ऊर्जा प्रदान गर्नुका साथै न्यानो बनाउँछन्।
– शरीरलाई आवश्यक फाइबर, विभिन्न भिटामिन र खनिज पदार्थ प्राप्त गर्न सकिन्छ।
कति र कसरी खाने ?
– चाडपर्वको नाममा अनियन्त्रित रूपमा खानु हुँदैन।
– कुनै पनि खानेकुरा अत्यधिक मात्रामा खाँदा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ।
– शरीरको आवश्यकता अनुसार मात्रा मिलाएर खानु उपयुक्त हुन्छ।
– धेरै खाँदा तत्काल अपच, पेट दुख्ने, वान्ता हुने समस्या देखिन सक्छ।
भण्डारण गर्दा के ध्यान दिने ?
– तिलको लड्डु र चाकु सही तरिकाले राख्दा करिब एक महिनासम्म बिग्रिँदैन।
– तरुल र सखरखण्ड भने धेरै दिनसम्म भण्डारण गर्न मिल्दैन।
– उसिनेर पकाइने भएकाले यी परिकार एक–दुई दिनभन्दा बढी राखेर खानु उपयुक्त हुँदैन।
सबैले खान मिल्छ ?
– तिलको लड्डुमा स्वस्थकर चिल्लो पदार्थ हुने भएकाले प्रायः सबैले खान मिल्छ।
– सख्खरको गुलियो प्राकृतिक भए पनि सबैका लागि उपयुक्त हुँदैन।
– मधुमेह र मिर्गौलाका रोगीले सख्खर तथा चाकु जस्ता गुलियो पदार्थ नियन्त्रण गर्नुपर्छ।
– मधुमेहका बिरामीले चिनीसरह सख्खरको सेवनमा पनि सतर्कता अपनाउनुपर्छ।
– स्वस्थ व्यक्तिका लागि भने चिनीको सट्टा सख्खर प्रयोग गर्नु तुलनात्मक रूपमा राम्रो मानिन्छ।
विशेषज्ञहरूका अनुसार परम्परागत खानेकुराको महत्व बुझ्दै, सही मात्रा र अवस्था अनुसार सेवन गरे मकर संक्रान्तिका यी परिकार स्वास्थ्यका लागि लाभदायक बन्न सक्छन्।



