• माघ २, २०८२
  • No Comment
  • 99

हुम्लामा ट्रयाक्टर दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

हुम्ला — हुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाको दक्षिणी भेगमा पर्ने अदानचुली गाउँपालिका–२ स्थित ठूलाखोला भन्ने स्थानमा भे २ त २०५५ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख तथा प्रहरी नायव उपरीक्षक शंकर खड्काका अनुसार दुर्घटनामा सुम्ला घर भएका अन्दाजी ३० वर्षीय चालक नगेस रावलको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटना बिहीबार साँझ करिब साढे ५ बजेतिर गल्फागाड–श्रीनगर सडक खण्डका लागि ढुङ्गा ओसार्ने क्रममा भएको बताइएको छ।

प्रहरीका अनुसार सडकबाट करिब १०० मिटर तल ट्रयाक्टर खसेर दुर्घटना भएको हो भने घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको छ।

कर्णाली करिडोर अन्तर्गत गल्फागाडदेखि श्रीनगरसम्म करिब ९ किलोमिटर सडक कालोपत्रे गर्ने काम भइरहेको छ। सोही सडक निर्माणका लागि ढुङ्गा ओसार्ने क्रममा ट्रयाक्टर दुर्घटनामा परेको हुन सक्ने प्रहरीले जनाइएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *