• माघ २, २०८२
  • No Comment
  • 220

पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं — नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति घोषणा गरेपछि खड्काले पत्रकार सम्मेलन गर्न लागेका हुन्।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरिनेछ। सम्मेलनमा पार्टीका केन्द्रीय नेताहरूको समेत उपस्थिति रहने जनाइएको छ।

विशेष महाधिवेशनको विषयलाई लिएर उत्पन्न विवादका कारण नेपाली कांग्रेस हाल दुई पक्षमा विभाजित भएको छ। बुधबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्ला अन्सारीलाई पाँच वर्षका लागि कारबाही गर्ने निर्णय गरेको थियो।

त्यसपछि भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा चयन गरेको घोषणा गरेसँगै कांग्रेसको आन्तरिक विवाद थप चर्किएको छ। आजको पत्रकार सम्मेलनमा कार्यवाहक सभापति खड्काले पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *