• पुस ३०, २०८२
  • No Comment
  • 123

राजावादी प्रदर्शनका नाममा ५० लाख एसएमएस पठाएर आतङ्क फैलाउने व्यक्ति पक्राउ

काठमाडौं — एकै दिन करिब ५० लाख एसएमएस पठाएर सर्वसाधारणलाई आतङ्कित पारेको आरोपमा ३४ वर्षीय निर्देश सेढाईं पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मङ्गलबार काठमाडौँको हात्तीसारबाट सेढाईंलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार सेढाईंले सोमबार एटी अलर्टको बल्क एसएमएस प्रणालीको दुरुपयोग गर्दै पुस ३० गते दिउँसो १२ बजे राजावादी प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै ठूलो संख्यामा एसएमएस पठाएका थिए। एकैचोटि लाखौँ मोबाइल नम्बरमा सन्देश पुग्दा नागरिकहरू त्रसित बनेका थिए।

उक्त घटनाले व्यक्तिगत गोपनीयताको हनन भएको भन्दै सामाजिक सञ्जालमा तीव्र आलोचना भएको थियो। प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा सेढाईं वेदव्यास इन्टरप्राइजेज नामक कम्पनी सञ्चालन गर्दै आएको र सोही कम्पनीको नामबाट विभिन्न एसएमएस सेवा प्रदायकसँग सेवा लिएर बल्क म्यासेज पठाएको पत्ता लागेको जनाएको छ।

सेढाईंले एकै दिन लाखौँ एसएमएस पठाउन करिब एक करोड रुपैयाँ खर्च भएको दाबी गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले यस्ता गतिविधिले समाजमा भ्रम र डर फैलाउने भएकाले बल्क एसएमएस प्रणालीको दुरुपयोग नगर्न सबैलाई सचेत रहन आग्रह गरेको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *