• पुस २७, २०८२
  • No Comment
  • 150

चौकुने गाउँपालिकामा नेपाली कम्युनिस्ट पार्टीका अगुवा कार्यकर्तासँग परिचात्मक तथा भेटघाट कार्यक्रम सम्पन्न

सुर्खेत — चौकुने गाउँपालिका वडा नं. ६, ७ र ८ मा नेपाली कम्युनिस्ट पार्टीका अगुवा कार्यकर्तासँग भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका केन्द्रीय तथा जिल्ला स्तरका नेताहरूको सहभागिता रहेको थियो। भेटघाट कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका सुर्खेत जिल्ला इन्चार्ज एवं सुर्खेत जिल्ला क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत छनौट हुनुभएका उम्मेदवार झक बहादुर मल्ल( सुदिप)ले पार्टीको वर्तमान राजनीतिक अवस्था, आगामी निर्वाचन तथा जनताको पक्षमा गरिने संघर्षका विषयमा धारणा राख्नुभयो।

उहाँले जनताको हकहित र सामाजिक न्यायका लागि पार्टी निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बिन्दमान बिष्ट र प्रदेश कमिटी सदस्य नवीन बी.क. केन्द्रीय सल्लाहकार सदस्य भुपेन्द्र जोशीले स्थानीय समस्या, जनजीविका, विकास र संगठन सुदृढीकरणका विषयमा आफ्ना सुझाव तथा धारणा प्रस्तुत गर्नुभयो। उहाँहरूले पार्टीले जनतासँग अझ नजिक रहेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। प्रदेश कमिटी सदस्य खडक बिवस वासपानेले न चौकुनेको पार्टीको सन्दर्भमा बोल्दै पार्टी जनताको पक्षमा उभिएको स्पष्ट पार्नु भयो ।

उहाँले भन्नुभयो, “न चौकुनेको पार्टी कुनै व्यक्ति वा समूहको स्वार्थका लागि होइन, आम जनताको हक–हित, सामाजिक न्याय र समावेशी विकासका लागि निरन्तर संघर्षरत छ। पार्टीले सिद्धान्त र संगठनात्मक अनुशासनलाई प्राथमिकतामा राख्दै स्थानीय तहसम्म जनसम्पर्क विस्तार गरिरहेको छ।” वर्तमान राजनीतिक परिस्थितिमा वैचारिक स्पष्टता र एकताको आवश्यकता झन् बढेको छ। चौकुनेको पार्टीले आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउँदै जनताको विश्वास जित्ने गरी काम गरिरहेको छ। आगामी दिनमा पार्टीले युवाहरू, किसान, मजदुर र सीमान्तकृत समुदायका मुद्दालाई केन्द्रमा राखेर ठोस कार्यक्रम अघि सार्ने बताउनुभयो ।

भेटघाट कार्यक्रममा स्थानीय कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले पार्टीको नीति, कार्यक्रम र भावी योजनाबारे खुलेर छलफल गरेका थिए। कार्यक्रमले पार्टी संगठनलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *