• पुस २७, २०८२
  • No Comment
  • 91

सिमलताल पहिरोमा बेपत्ता बसको अवशेष त्रिशूली किनारमा फेला

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालमा पहिरोमा परेर बेपत्ता भएका दुई बसमध्ये एकको अवशेष त्रिशूली नदीको किनारमा फेला परेको छ।

प्रहरीका अनुसार बसका अवशेष बालुवाले पुरिएको अवस्थामा भेटिएको हो। दुर्घटनास्थलबाट करिब ३०० मिटर तल अवशेष देखेपछि स्थानीय रोशन भुजेलले तीन दिनअघि प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि सुरक्षाकर्मीको टोलीले उक्त स्थानमा पुगेर अवशेष पुष्टि गरेको हो।

२०८१ साल असार २८ गते बिहान करिब ३ बजे सिमलतालमा पहिरो खस्दा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेका दुई वटा बस त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए। ती बसमा चालक तथा सहचालकसहित ६२ जना यात्रु सवार थिए। दुर्घटनामा तीन जना मात्र ज्यान जोगाउन सफल भएका थिए।

घटनापछि खोज तथा उद्धारका क्रममा हालसम्म २४ जनाको शव फेला परेको छ, जसमध्ये १९ जनाको मात्र सनाखत हुन सकेको छ। बाँकी ३५ जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ।

प्रहरी र सम्बन्धित निकायले थप अवशेष तथा बेपत्ता व्यक्तिको खोजी कार्यलाई निरन्तरता दिइरहेका छन्।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *