• पुस २६, २०८२
  • No Comment
  • 134

नेकपा एमालेको १२ औँ गाउँ कमिटी बैठक सम्पन्न

चौकुने। चौकुने गाउँपालिका वडा नं. ८ स्थित साझा हलमा नेकपा एमालेको १२ औँ गाउँ कमिटी बैठक आज मिति २०८२ पौष २६ गते शनिबार सम्पन्न भएको छ। शंकर कामिको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले कर्णाली प्रदेश सचिवालय सदस्य ईन्द्र के सी रहनुभएको थियो । प्रमुख अतिथि ईन्द्र बहादुर के सी ले आगामी फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राखेर पार्टी संगठनलाई सशक्त, एकताबद्ध र जनमुखी ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमाले सुर्खेतका अध्यक्ष एवं सुर्खेत जिल्ला क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार कुलमणि देवकोटाले पार्टी संगठन र कार्यकर्ताको एकताले निर्वाचनमा सफलता हासिल गर्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो, “आगामी निर्वाचनमा जनताको भरोसा जित्दै विकास, सुशासन र समृद्धिको एजेन्डालाई अघि बढाउने हाम्रो स्पष्ट प्रतिबद्धता छ।

पार्टी संगठन मजबुत भएकाले निर्वाचनमा सकारात्मक परिणाम आउनेमा विश्वस्त छौँ। बैठकमा प्रदेश कमिटी सदस्य हरि प्रसाद खनाल ,प्रदेश कमिटी सल्लाहकार सदस्य धिर बहादुर शाही जिल्ला कमिटी उपाध्यक्ष मोहनसिंह बडुवाल, जिल्ला कमिटी सचिवालय सदस्य गंगाराम तिमिल्सिना , गोपाल बी.सी., , निर्मला राना, जिल्ला कमिटी सदस्य खडक मगर ,कमल कठायत ,सुमन बयक, महेन्द्र खनाल लगायतको उपस्थिति रहेको थियो। बैठकमा आगामी निर्वाचन लक्षित कार्यक्रम, संगठन परिचालन, मतदाता सम्पर्क तथा प्रचार–प्रसारका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले निर्वाचनमा पार्टीलाई विजयी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। १२ औं गाउँ कमिटीको सफल आयोजनसँगै गाउँ तहमा नेकपा एमालेको संगठन थप मजबुत हुने विश्वास व्यक्त गरिएको छ।

लक्षीराम आले मगरले उपस्थित प्रतिनिधि तथा अतिथिहरूलाई स्वागत गर्नुभएको थियो। भने कार्यक्रमको सञ्चालन केशर नाम्जाली मगरले गर्नुभएको थियो

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *