• पुस २६, २०८२
  • No Comment
  • 117

प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले पुनर्स्थापना अपरिहार्य : केपी ओली

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन प्रक्रियागत, कानुनी तथा राजनीतिक सबै दृष्टिले असंवैधानिक भएको दोहोर्‍याउँदै यसको पुनर्स्थापना अपरिहार्य रहेको बताएका छन्।

शनिबार आयोजित पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीका तर्फबाट सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको स्मरण गराए। उनले ढिलै भए पनि नेपाली काँग्रेसलगायत विभिन्न दलका प्रतिनिधिसभा सदस्यहरू न्यायिक प्रक्रियामा सहभागी भएको उल्लेख गरे। उनका अनुसार हाल प्रतिनिधिसभाका २७४ सदस्यमध्ये १४३ जना सांसद प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालत पुगेका छन्।

अध्यक्ष ओलीले असंवैधानिक रूपमा विघटन गरिएको प्रतिनिधिसभाको पुनर्स्थापना कानुनी आवश्यकतामात्र नभई वर्तमान जटिल राजनीतिक अवस्थाबाट सुरक्षित र भरपर्दो निकास भएको स्पष्ट पारे। उनले प्रतिनिधिसभा पुनर्स्थापना, सर्वपक्षीय सरकार गठन, बृहत् राजनीतिक संवाद, आवश्यकता अनुसार संविधान संशोधन र त्यसपछि निर्वाचन नै राजनीतिक सङ्क्रमण व्यवस्थापन गर्ने उपयुक्त मार्ग भएको बताए।

मुलुकको लोकतन्त्र, संविधान र अग्रगतिसँग प्रत्यक्ष जोडिएको यति गम्भीर विषयमा न्यायालय अनिर्णय र अन्योलमा पर्न नहुने उल्लेख गर्दै अध्यक्ष ओलीले ‘ढिलो न्याय भनेको अन्याय हो’ भन्ने सिद्धान्तलाई गम्भीरतापूर्वक ध्यान दिन आग्रह गरे।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *