• पुस २६, २०८२
  • No Comment
  • 81

मोरक्को र सेनेगल अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश

काठमाडौँ। मोरक्को र सेनेगल जारी अफ्रिका कप अफ नेसन्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।

गएराति सम्पन्न क्वाटरफाइनल खेलमा मोरक्कोले क्यामरुनलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो। मोरक्कोको जितमा ब्राहिम डियाज र इस्माएल साइबरीले एक–एक गोल गरे। सेमिफाइनलमा मोरक्कोले अल्जेरिया र नाइजेरियाबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

त्यस्तै, अर्को क्वाटरफाइनल खेलमा सेनेगलले मालीलाई १–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। सेनेगलका लागि लिमान एनडियेले गरेको गोल नै निर्णायक बन्यो। खेलको पहिलो हाफको अन्त्यतिर मालीका यभ्स बिसोउमाले रातो कार्ड पाएपछि माली १० खेलाडीमा सीमित भएको थियो।

अब सेनेगलले सेमिफाइनलमा इजिप्ट र आइभरी कोष्टबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *