- पुस २४, २०८२
- No Comment
- 148
पञ्चपुरीकाे सालकोटमा हिजाेदेखि पोस्टमार्टम सेवा सुरु, पश्चिमका नागरिकलाई राहत

पञ्चपुरी। सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–२ सालकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा हिजाेदेखि पोस्टमार्टम सेवा औपचारिक रूपमा सुरु भएको छ। पश्चिम क्षेत्रका नागरिकहरूका लागि महत्वपूर्ण मानिने यस सेवाको उद्घाटन पञ्चपुरी नगरपालिकाका नगरप्रमुख लालबिर भण्डारीले गर्नुभएको हो।
लामो समयदेखि पोस्टमार्टम सेवाका लागि कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर वा अन्य ठूला अस्पताल धाउनुपर्ने बाध्यता अब अन्त्य भएको नगरप्रमुख भण्डारीले बताउनुभयो। उहाँका अनुसार सालकोटमै सेवा सुरु भएसँगै समय, खर्च र मानसिक तनाव कम हुने विश्वास गरिएको छ।
यसअघि पोस्टमार्टमका लागि टाढा जानुपर्दा सेवाग्राही तथा मृतकका आफन्तले ठूलो समस्या भोग्दै आएका थिए। अब पञ्चपुरी नगरपालिकासहित आसपासका स्थानीय तहका नागरिकले सहज रूपमा सेवा लिन सक्ने स्वास्थ्य केन्द्रले जनाएको छ ।स्थानीयवासीहरूले पोस्टमार्टम सेवा सुरु भएकोमा खुशी व्यक्त गर्दै यसले न्यायिक प्रक्रिया, स्वास्थ्य सेवा तथा प्रशासनिक कामलाई थप प्रभावकारी बनाउने बताएका छन्।



