• पुस २३, २०८२
  • No Comment
  • 409

सुर्खेतको भेरीगंगामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

सुर्खेत – सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरवानीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

पुष २२ (मंगलवार बिहान) करिब ८ बजे भेरीगंगा–५ गेरवानी बस्ने ५७ वर्षीया गंगा सारु कसैलाई जानकारी नदिई घरबाट निस्किएकी थिइन्। उनी घर नफर्किएपछि खोजीका क्रममा पुस २३ गते बिहान करिब ९ बजे उनका दुई नातिनीहरू घरदेखि करिब १०० मिटर उत्तरतर्फको सालघारी क्षेत्रमा बाख्राका लागि घाँस काट्न जाँदा गंगाले लगाएका कपडा र चप्पलसहित रगत देखिएको भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।

त्यसको केही दूरीमा, घटनास्थलबाट करिब ६०० मिटर पूर्वतर्फ गंगा सारुको टाउको फेला परेको जानकारी बिहान १०:३० बजे अस्थायी प्रहरी पोस्ट बबईलाई गराइएको थियो।

सूचना प्राप्त भएपछि प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली, नेपाली सेनाको टोली, वन कार्यालयका कर्मचारी तथा स्थानीय जनप्रतिनिधिसहित करिब २०–२५ जनाको संयुक्त टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो। घटना सम्वन्धी थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *