- पुस १७, २०८२
- No Comment
- 162
चौकुने गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्धन सम्बन्धि पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

चौकुने। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले चौकुने गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । “भष्टचार नियन्त्रणमा नागरिक साझेदारी ,सुशासन प्रबर्द्धनमा सबैको जिम्मेवारी “भन्ने नाराका साथ सुर्खेत अख्तियार अनुसन्धान आयोगका उपसचिव बुद्धि बहादुर खत्रीको अध्यक्षतामा उक्त कार्याक्रमको उद्घाटन भएको थियो भने अन्तरक्रिया कार्याक्रमका प्रमुख अतिथि चौकुने गाउँपालिकाका अध्यक्ष खडक बिवस् बासपाने र त्यस्तै बिशिस्ट अतिथिमा चौकुने गाउँपालिका उपाध्यक्ष नर बहादुर बान्तोला , प्रमुख प्रशासकिय अधिकृत पुर्ण बहादुर बि क रहनु भएको थियो ।
पालिका स्तरीय १ दिने अन्तरक्रिया कार्यक्रममा भ्रष्टाचार र यसका कारण तथा असरहरु, भ्रष्टाचारको स्वरुप ,भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका, स्थानीय तहसँग सम्बन्धित भई आयोगमा पर्ने उजुरीका विषयवस्तुहरु एवं स्थानीय तहलाई आयोगका सुझावहरुका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका शाखा अधिकृत बिष्णु न्यौपानेले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवम् चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस् बासपानेले भ्रष्टाचार नियन्त्रण गर्न सबैको सहयोग हुनुपर्ने र ब्यक्तीको नियतले गर्दा भ्रष्टाचार मौलाउदै गएको बताउनु भयो ।
उहाँले सार्वजनिक पदाधिकारीहरुले कानूनको पालना गर्न र सदाचार निर्माणमा ध्यान दिन अनुरोध गर्दै ,अख्तियारको कार्यप्रति आफ्नो सहयोग रहने प्रतिबद्धता सहित पालिकामा भ्रष्टाचार नियन्त्रण गर्न सबै तहतप्काका जनप्रतिनिधि ,कर्मचारीलाई सचेतनामुलक कार्यक्रमको आयोजना गर्न पालिका अध्यक्षले आग्रह समेत गर्नु भएको छ । चौकुने गाउँपालिकाको कार्यालयको सभाहलमा सुरु भएको अन्तरक्रिया कार्यक्रमा वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु, विषयगत शाखा प्रमुखहरु, मा.वि., नि.मा.वि, प्राबिका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्रधानाध्यापकहरु, समाजसेबि, सामुदायिक वन समितिहरु , सुरक्षाकर्मी तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो । भने कार्यक्रम संचालन अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय सुर्खेतका ना. सु गंग प्रसाद न्यौपानेले गर्नु भएको थियो



