• पुस १७, २०८२
  • No Comment
  • 134

सुर्खेतमा कोइला बाली सुतेका एकै परिवारका चारमध्ये शिशुकाे मृत्यु, तीन जना उपचाररत

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२, बिरुवाबारीमा कोइला बाली सुतेकाे अवस्थामा ३८ दिनकाे शिशुकाे मृत्यु भएकाे छ भने अन्य ३ जना बेहाेस भएका छन ।

प्रहरीका अनुसार सुर्खेत भेरीगंगा नगरपालिका–२ घर भई हाल बीरेन्द्रनगर–१२ स्थित मानबहादुर चन्दको घरमा कोठा भाडामा बस्दै आएका करिब ३०/३२ वर्षीया तारा बुढा, उनकी भदैनी करिब १२/१३ वर्षीया संगम बुढा, छोरा १० वर्षका प्रकाश बुढा र ३८ दिनकी छोरी प्रतिक्षा बुढा कोठाभित्र कोइला बाली सुतेका थिए।

आज बिहान करिब ९ः४५ बजेसम्म कोठाबाट ननिस्किएपछि घरबेटीले बोलाउँदा छोरा प्रकाश बुढाले ढोका खोलेका थिए।

ढोका खोल्दा तारा बुढा र संगम बुढा बेहोस अवस्थामा फेला परेका थिए भने प्रकाश बुढा सामान्य अवस्थामा थिए। ३८ दिनकी शिशु प्रतिक्षा बुढाको भने घटनास्थलमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

बेहोस भएका तारा बुढा, संगम बुढा र प्रकाश बुढालाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत लगिएको छ। उपचारमा तारा बुढाका श्रीमान गोपी बुढा रहेको जनाइएको छ।

प्रहरी टोली घटनास्थलमा प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी मृत शिशुको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल पठाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *