• पुस १५, २०८२
  • No Comment
  • 145

सुर्खेतमा पैदल यात्रीलाई ठक्कर दिएर फरार गाडी चालकसहित दुई जना पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा पैदल यात्रीलाई ठक्कर दिई फरार रहेका गाडी चालक र उनलाई लुकाउन सहयोग गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार यही पुस १२ गते बिहान करिब ६:१० बजे वीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमलस्थित ट्याम्पो पार्क नजिक लु २ ख ५७८३ नम्बरको फोर्स गाडीले पैदल यात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ निवासी ४३ वर्षीय जङ्गबहादुर बुढा गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएपछि ठक्कर दिने गाडी र चालक फरार भएका थिए।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले सवारी चालक र उनलाई लुकाउन सहयोग गर्ने व्यक्तिलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा गाडी चालक वीरेन्द्रनगर नगरपालिका–२ निवासी ३२ वर्षीय मिलन भन्ने डिल्लीराज कँडेल रहेका छन्। उनलाई बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१८ पुष्पलाल चोकबाट पुस १४ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, दुर्घटनाको जानकारी हुँदाहुँदै पनि प्रहरीलाई खबर नगरी गाडी र चालक लुकाउन सहयोग गरेको आरोपमा सुर्खेतको सिम्ता गाउँपालिका–६ निवासी ३४ वर्षीय लोकबहादुर बी.सी.लाई पुस १३ गते गुर्भाकोट नगरपालिका–८ बोटेचौरबाट नियन्त्रणमा लिइएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ परेका दुवै जनामाथि सवारी ज्यान मुद्दाअन्तर्गत थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *