• पुस १५, २०८२
  • No Comment
  • 126

यस्ता छन् तरुल खानुका फाइदा

एजेन्सी – माघ महिना नजिकिँदै जाँदा बजारमा तरुलको चहलपहल बढ्न थालेको छ। अहिले तरकारी बजारदेखि ठेलागाडासम्म तरुल सजिलै देख्न सकिन्छ। माघे संक्रान्ति नजिकिएसँगै तरुलको माग बढेको हो। विशेषगरी माघ महिना सुरु भएसँगै तरुल खाने चलन नेपाली समाजमा परम्परागत रूपमा रहिआएको छ।

तरुललाई तरकारीका रूपमा पकाएर खाने गरिन्छ भने धेरैले उसिनेर पनि सेवन गर्छन्। जाडो मौसममा शरीरलाई आवश्यक ऊर्जा र पोषण प्रदान गर्ने भएकाले माघ महिनामा तरुलको महत्व अझ बढी हुने गर्दछ।

स्वास्थ्यका दृष्टिले तरुल निकै फाइदाजनक मानिन्छ। तरुलमा पर्याप्त मात्रामा कार्बोहाइड्रेट पाइने भएकाले यसलाई शक्तिको प्रमुख स्रोतका रूपमा लिने गरिन्छ। यसले शरीरलाई आवश्यक ऊर्जा प्रदान गरी जाडो मौसममा ताजगी दिन मद्दत गर्छ।

त्यसैगरी, तरुल छाला तथा स्वासप्रश्वाससम्बन्धी समस्याका लागि पनि उपयोगी मानिन्छ। यसमा पाइने फाइबरले पाचन प्रणालीलाई सुधार गर्ने भएकाले कब्जियतलगायत पाचनसम्बन्धी समस्यामा लाभदायक हुन्छ।

तरुलमा भिटामिन बी–६ प्रशस्त मात्रामा पाइन्छ, जसले मुटुसम्बन्धी समस्याबाट जोगाउन सहयोग पुर्‍याउँछ। साथै, यसमा रहेका एण्टीअक्सिडेन्ट तत्वले क्यान्सरजस्ता गम्भीर रोगसँग लड्न सहयोग गर्ने चिकित्सकहरूको भनाइ छ।

अनुसन्धानअनुसार तरुलको सेवनले मस्तिष्कको विकासमा सकारात्मक प्रभाव पार्नुका साथै बुझ्ने क्षमता र स्मरणशक्ति बढाउन मद्दत गर्छ।

परम्परा र स्वास्थ्य दुवै दृष्टिले महत्वपूर्ण मानिने तरुल माघ महिनामा नेपाली भान्साको अनिवार्य परिकार बन्दै आएको छ।अहिले तरकारी बजारदेखि ठेलागाडासम्म तरुल सजिलै देख्न सकिन्छ। माघे संक्रान्ति नजिकिएसँगै तरुलको माग बढेको हो। विशेषगरी माघ महिना सुरु भएसँगै तरुल खाने चलन नेपाली समाजमा परम्परागत रूपमा रहिआएको छ।

तरुललाई तरकारीका रूपमा पकाएर खाने गरिन्छ भने धेरैले उसिनेर पनि सेवन गर्छन्। जाडो मौसममा शरीरलाई आवश्यक ऊर्जा र पोषण प्रदान गर्ने भएकाले माघ महिनामा तरुलको महत्व अझ बढी हुने गर्दछ।

स्वास्थ्यका दृष्टिले तरुल निकै फाइदाजनक मानिन्छ। तरुलमा पर्याप्त मात्रामा कार्बोहाइड्रेट पाइने भएकाले यसलाई शक्तिको प्रमुख स्रोतका रूपमा लिने गरिन्छ। यसले शरीरलाई आवश्यक ऊर्जा प्रदान गरी जाडो मौसममा ताजगी दिन मद्दत गर्छ।

त्यसैगरी, तरुल छाला तथा स्वासप्रश्वाससम्बन्धी समस्याका लागि पनि उपयोगी मानिन्छ। यसमा पाइने फाइबरले पाचन प्रणालीलाई सुधार गर्ने भएकाले कब्जियतलगायत पाचनसम्बन्धी समस्यामा लाभदायक हुन्छ।

तरुलमा भिटामिन बी–६ प्रशस्त मात्रामा पाइन्छ, जसले मुटुसम्बन्धी समस्याबाट जोगाउन सहयोग पुर्‍याउँछ। साथै, यसमा रहेका एण्टीअक्सिडेन्ट तत्वले क्यान्सरजस्ता गम्भीर रोगसँग लड्न सहयोग गर्ने चिकित्सकहरूको भनाइ छ।

अनुसन्धानअनुसार तरुलको सेवनले मस्तिष्कको विकासमा सकारात्मक प्रभाव पार्नुका साथै बुझ्ने क्षमता र स्मरणशक्ति बढाउन मद्दत गर्छ।

परम्परा र स्वास्थ्य दुवै दृष्टिले महत्वपूर्ण मानिने तरुल माघ महिनामा नेपाली भान्साको अनिवार्य परिकार बन्दै आएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *