• पुस १४, २०८२
  • No Comment
  • 120

वीरेन्द्रनगरको ढकालचोक नजिकै बोलेरो जीप दुर्घटना : ३ जना घाइते

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ स्थित ढकालचोक नजिकै बोलेरो डबल क्याप जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

कर्णाली प्रदेश ०२–००१ च ०५८२ नम्बरको बोलेरो जीप सोमबार दिउँसो करिब ४:१५ बजेको समयमा दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते भएका तीन जनाको अवस्था तथा परिचय हालसम्म खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको बताइएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको र दुर्घटनाको कारणबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *