• पुस १४, २०८२
  • No Comment
  • 129

स्वास्थ्यका लागि फर्सी खानुका फाइदै फाइदा

काठमाडौं । हाम्रो भान्सामा प्रयोग हुने धेरैजसो खाद्यवस्तुमा औषधीय गुण लुकेका हुन्छन् । तीमध्ये फर्सी एक यस्तो तरकारी हो, जसको नियमित सेवनले शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्न महत्वपूर्ण भूमिका खेल्छ । तरकारीका रूपमा मात्र नभई फर्सीको बियाँ र मुन्टा पनि पोषणका हिसाबले अत्यन्तै उपयोगी मानिन्छन् ।

बच्चादेखि वृद्धसम्म सबैले रुचाउने फर्सीमा प्रशस्त मात्रामा भिटामिन ‘ए’, फलाम, फाइबरलगायत आवश्यक खनिज तथा पोषक तत्व पाइन्छन् । यसको सेवनले पाचन प्रणाली सुधार गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।

फर्सीको मुन्टा भिटामिन ‘ई’, ‘सी’, ‘ए’, ‘बी–६’, पोटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेसियम, आइरन, फाइबर र फस्फोरसको राम्रो स्रोत हो । यी सबै तत्व मानव स्वास्थ्यका लागि अत्यावश्यक मानिन्छन् ।

युएसडिए (USDA) नेसनल न्युट्रिएन्टको अध्ययनअनुसार फर्सीको पातमा रहेका गुणहरूले उच्च रक्तचाप, कोलेस्ट्रोल र क्यान्सरजस्ता गम्भीर रोगको जोखिम कम गर्न मद्दत गर्छन् । नियमित रूपमा फर्सीको साग सेवन गर्ने व्यक्तिहरू यस्ता रोगबाट सुरक्षित रहन सक्ने विज्ञहरूको भनाइ छ । २५० ग्राम फर्सीमा करिब ४९ क्यालोरी मात्र पाइने भएकाले यो तौल नियन्त्रण गर्न चाहनेका लागि पनि उपयुक्त मानिन्छ । फर्सीमा कार्बोहाइड्रेट कम हुने भएकाले शरीरमा रहेको खराब कोलेस्ट्रोल घटाउन समेत सहयोग पुग्छ ।

विज्ञहरूका अनुसार पहेंलो भएर पाकेको फर्सी झन् बढी लाभदायक हुन्छ । यसमा पाइने बेटा क्यारोटिन र एन्टिअक्सिडेन्टले क्यान्सरको सम्भावना कम गर्नुका साथै मुटुसम्बन्धी रोगबाट जोगाउन मद्दत गर्छ ।

फर्सीको बियाँ पनि उत्तिकै गुणकारी हुन्छ । बियाँमा प्रोटिन, भिटामिन र फ्याटी एसिड प्रशस्त मात्रामा पाइन्छ । साथै म्याग्नेसियम, पोटासियम र जिंकले स्मरणशक्ति बढाउन, हाडलाई बलियो बनाउन र समग्र स्वास्थ्य सुधार गर्न सहयोग पुर्‍याउँछ । विभिन्न अध्ययनअनुसार फर्सीले कार्डियोभास्कुलर रोगको जोखिम घटाउने र तनाव कम गर्न समेत मद्दत गर्ने देखिएको छ ।

यसकारण, दैनिक आहारमा फर्सी, यसको साग र बियाँ समावेश गर्नु स्वास्थ्यका लागि अत्यन्त लाभदायक हुने विज्ञहरूको सुझाव छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *