• पुस ६, २०८२
  • No Comment
  • 131

सीमा विवादका कारण कम्बोडियामा जनजीवन प्रभावित: १९ जनाको मृत्यु, हजारौँ विस्थापित

न्होम्पेन — थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद चर्किँदै जाँदा कम्बोडियामा जनजीवन गम्भीर रूपमा प्रभावित भएको छ। विवादको १५औँ दिनसम्म आइपुग्दा कम्तीमा १९ जना नागरिकको मृत्यु भएको छ । भने हजारौँ मानिस विस्थापित भएका छन्।

कम्बोडियाको रक्षा मन्त्रालयका उपसचिव तथा प्रवक्ताका अनुसार मृतकमध्ये एक शिशु पनि छन्। साथै, यस घटनामा ७९ जना नागरिक घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

सीमा विवाद डिसेम्बर ७ देखि पुनः चर्किएको हो। विवादग्रस्त क्षेत्रमा दुवै पक्षबाट झडपका घटनाहरू भइरहेका छन्, जसका कारण मानव क्षति बढ्दै गएको बताइएको छ।

कम्बोडियाको आन्तरिक मन्त्रालयले दिएको जानकारीअनुसार, हालसम्म सीमा विवादका कारण पाँच लाख १० हजारभन्दा बढी मानिसहरू सुरक्षित स्थानतर्फ विस्थापित भएका छन्। विस्थापितहरूका लागि अस्थायी आश्रय, खाद्यान्न र स्वास्थ्य सेवाको व्यवस्था गर्न सरकार तथा मानवीय संस्थाहरू सक्रिय रहेका छन्।

सीमा क्षेत्रमा तनाव कायमै रहेकाले स्थानीय बासिन्दामा त्रास फैलिएको छ। परिस्थितिलाई नियन्त्रणमा ल्याउन कूटनीतिक पहल र शान्तिपूर्ण समाधानको आवश्यकता औँल्याइएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *