• पुस ५, २०८२
  • No Comment
  • 8

बिहान खाली पेटमा कागती पानी पिउनुका स्वास्थ्य लाभ

आजको व्यस्त जीवनशैलीका कारण अधिकांश मानिस मोटोपनासहित विभिन्न स्वास्थ्य समस्याबाट जुधिरहेका छन्। तौल घटाउने र स्वस्थ रहने उपाय खोज्ने क्रममा धेरैले बिहान खाली पेटमा कागती पानी पिउने बानी अपनाएका छन्। स्वास्थ्य विज्ञहरूका अनुसार बिहानको समय शरीरका लागि निकै महत्वपूर्ण हुन्छ, र यही समयमा अपनाइने स्वस्थ बानीले दिनभर शरीरलाई ऊर्जावान राख्न मद्दत गर्दछ।

कागतीलाई आयुर्वेदमा औषधीय फलका रूपमा लिइन्छ। यसमा भिटामिन सी, एन्टिअक्सिडेन्ट तथा अन्य आवश्यक पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छन्। बिहान मनतातो पानीमा कागती मिसाएर पिउनाले पाचन प्रणाली सक्रिय हुने, शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग पुग्ने र समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने बताइन्छ।

तौल घटाउन सहयोगी

तौल घटाउने लक्ष्य राखेका व्यक्तिहरूका लागि कागती पानी प्रभावकारी मानिन्छ। दैनिक बिहान कागती पानी पिउनाले मेटाबोलिज्म तीव्र बनाउँछ, जसले क्यालोरी छिटो बर्न गर्न सहयोग पुर्‍याउँछ। यसमा एक चम्चा मह मिसाएर पिउँदा तौल घटाउने प्रक्रियामा थप मद्दत पुग्ने विश्वास गरिन्छ।

पाचन प्रणाली सुधार

कब्जियत, एसिडिटी वा अपचको समस्या भएकाहरूका लागि कागती पानी लाभदायक हुन सक्छ। कागतीमा पाइने सिट्रस एसिड र भिटामिन सीले पेटको एसिड सन्तुलनमा राख्न मद्दत गर्छ, जसका कारण पाचन प्रक्रिया सुधार हुन्छ।

रोग प्रतिरोधात्मक क्षमता वृद्धि

बारम्बार बिरामी पर्ने समस्या कमजोर रोग प्रतिरोधात्मक क्षमताको संकेत हुन सक्छ। कागती पानीमा पाइने भिटामिन सी र एन्टिअक्सिडेन्ट तत्वहरूले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाइ विभिन्न संक्रमणबाट बचाउन सहयोग पुर्‍याउँछन्।

शरीरलाई हाइड्रेटेड राख्न सहयोग

धेरै पानी पिउन नसक्ने व्यक्तिहरूका लागि कागती पानी उत्तम विकल्प हुन सक्छ। बिहान कागती पानी पिउँदा शरीरमा पानीको कमी हुन दिँदैन र दिनभर ताजा तथा ऊर्जावान महसुस गराउँछ।

सेवन गर्दा ध्यान दिनुपर्ने कुरा

स्वास्थ्य विज्ञहरूले कागती पानी सेवन गर्दा केही कुरामा ध्यान दिन सुझाव दिएका छन्। कागती पानी बिहान खाली पेटमा पिउनु उपयुक्त हुन्छ। पानी मनतातो हुनुपर्छ र आवश्यकता अनुसार मह मिसाउन सकिन्छ। कुनै स्वास्थ्य समस्या भएमा चिकित्सकसँग परामर्श गरेर मात्र यसको नियमित सेवन गर्न सल्लाह दिइन्छ।

सम्बन्धित खबर

गर्भवती महिलाको सेनाको हेलिकप्टरमार्फत उद्धार

गर्भवती महिलाको सेनाको हेलिकप्टरमार्फत उद्धार

डोल्पा — डोल्पाकी एक गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। आइतबार डोल्पोबुद्ध–४ निवासी ती महिलामा जटिल प्रसूति समस्या देखिएपछि…
सीमा विवादका कारण कम्बोडियामा जनजीवन प्रभावित: १९ जनाको मृत्यु, हजारौँ विस्थापित

सीमा विवादका कारण कम्बोडियामा जनजीवन प्रभावित: १९ जनाको मृत्यु,…

न्होम्पेन — थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद चर्किँदै जाँदा कम्बोडियामा जनजीवन गम्भीर रूपमा प्रभावित भएको छ। विवादको १५औँ दिनसम्म आइपुग्दा कम्तीमा १९ जना…
दिनहुँ आलु खाए के हुन्छ ?

दिनहुँ आलु खाए के हुन्छ ?

काठमाडौं — नेपाली भान्सामा प्रायः दैनिक प्रयोग हुने तरकारीमध्ये आलु अग्रस्थानमा पर्छ । सस्तो, सजिलै पाइने र छिटो पक्ने भएकाले आलु…

Leave a Reply

Your email address will not be published. Required fields are marked *