• पुस ४, २०८२
  • No Comment
  • 168

प्राङ्गारिक लक्ष्यमा मूल्यवान लोगोसम्बन्धी ‘कर्णाली संवाद’ सुरु

कर्णाली, ४ पुस । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्राङ्गारिक मिसनमा मूल्यवान लोगोः अवसर, चुनौती र कार्यदिशा विषयक ‘कर्णाली संवाद’ सुरु भएको छ।

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा दिगो कृषि तथा जैविक स्रोतका लागि एसियाली नेटवर्क (एन्साब) र लिबर्डको आयोजनामा पर्यावरणीय कृषिमा आधारित स्थानीय खाद्य प्रणाली रुपान्तरण परियोजनाअन्तर्गत उक्त संवाद कार्यक्रम सुरु गरिएको हो।

संवादको उद्घाटन कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले गरेका छन्।

कार्यक्रममा कर्णालीमा उत्पादित कृषि उपजको पहिचान, ग्रेडिङ, प्याकेजिङ, बजारीकरण तथा ट्रेडमार्कका लागि मूल्यवान लोगो प्रयोगबाट प्राप्त हुने अवसर, देखिएका चुनौती र आगामी कार्यदिशाका विषयमा सरोकारवालाबीच विस्तृत छलफल भइरहेको छ।

एन्साबका कार्यकारी निर्देशक डा. भीष्मप्रसाद सुवेदीले मूल्यवान लोगोको सुरुवातसँगै कर्णालीले प्राङ्गारिक अभियानमा राज्यको अगुवाइ गरेको उल्लेख गर्दै जैविक विविधताका दृष्टिले विश्वमै धनी मानिने कर्णालीका परम्परागत ज्ञान, उत्पादन र खाद्य प्रणालीको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले संवाद आयोजना गरिएको बताए।

लिबर्डकी रणनीतिक कार्यक्रम लिडर रिता गुरुङका अनुसार संवादमा कर्णालीका खेतबारी तथा पाखो जमिनमा उत्पादन हुने रैथाने कृषि उपज, त्यसको पहिचानको आवश्यकता, वर्तमान अवस्था, संरक्षणका प्रयास तथा सरकारी, गैरसरकारी र निजी क्षेत्रबाट भएका पहलका विषयमा छलफल हुनेछ। साथै यहाँका उत्पादन, गुणस्तर र बजारीकरणका सन्दर्भमा नेपालसहित अन्तर्राष्ट्रिय तहमा प्रवाह भएको सन्देशमाथि समेत विमर्श गरिने छ।

कार्यक्रममा जुम्लाको तातोपानी, दैलेखको दुल्लु नगरपालिका, सुर्खेतको बराहताल गाउँपालिका, गुर्भाकोट र भेरीगङ्गा नगरपालिकाका प्रमुख तथा अध्यक्ष, मध्यपश्चिम विश्वविद्यालयका कृषि तथा पर्यावरण क्षेत्रका अनुसन्धानकर्ता, उद्योग वाणिज्य सङ्घ, कृषिसँग सम्बन्धित सङ्घसंस्था, उद्योगी, व्यवसायी तथा अन्य सरोकारवालाको सहभागिता रहेको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *