- पुस ३, २०८२
- No Comment
- 139
सुर्खेतकाे चाैकुने गाँउपालिकामा स्वास्थ्यकर्मीको मृत्युमा आज शोक बिदा

सुर्खेत। चौकुने गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत अ न मि दिपा खत्रीको अचानक मृत्यु भएपछि सुर्खेतको चौकुने गाउँपालिकाले एक दिन शोक बिदा दिएको छ । पालिका अन्तर्गतका कार्यालय तथा संघसंस्थामा मौनधारणसहित शोक मनाउन पुस ३ गते ( बिहिवार ) शोक बिदा दिने पालिकाले जनाएको छ ।
‘कुशल, कर्तव्यनिष्ट, होनहार राष्ट्रसेवक स्वास्थ्यकर्मी गुमाउँदा चौकुने गाउँ पालिकालाई अपूरणीय क्षति भएको छ,’ पालिकाले सूचना जारी गर्दै भनेको छ, ‘दुःखद् घडीमा सिंगो पालिका परिवार स्वर्गीय खत्रीप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवार, आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।’



