• पुस १, २०८२
  • No Comment
  • 98

सामाजिक सञ्जालमार्फत प्रेम गरी भारत जान खोज्ने युवती बेचबिखनको जोखिममा

राँझा (बाँके) – सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध गाँसी विवाहका लागि भारत जाने नेपाली युवतीको सङ्ख्या बढ्दै जाँदा मानव बेचबिखनको जोखिम समेत बढ्दै गएको पाइएको छ। परिवारलाई जानकारी नदिई भारतीय नागरिकसँग विवाह गर्न भारत जाने युवती उच्च जोखिममा पर्ने गरेको सरोकारवालाले बताएका छन्।

भारतको सिमलातर्फ जाँदै गरेका दाङ र अर्घाखाँचीका दुई युवतीलाई चार दिनअघि नेपालगञ्जस्थित जमुनाह नाकामा शान्ति पुनःस्थापना केन्द्र नेपालगञ्जका प्रतिनिधिले बेचबिखनको आशङ्कामा रोकेर परामर्श गर्दा उक्त तथ्य खुलेको हो। उद्धार गरिएकामध्ये दाङकी युवती १५ वर्षीया र अर्घाखाँचीकी युवती २२ वर्षीया रहेको केन्द्रले जनाएको छ।

शान्ति पुनःस्थापना केन्द्र नेपालगञ्जकी संयोजक सम्झना चँदाराका अनुसार सामाजिक सञ्जालमा चिनजान भएकै आधारमा भारतीय युवासँग विवाह गर्न राजी भई उनीहरू भागेर भारत जान लागेका थिए। “अभिभावकलाई थाहै नदिई सामाजिक सञ्जालकै भरमा भारत जानु आफैँमा ठूलो जोखिम हो,” उहाँले भन्नुभयो।

केन्द्रको पहलमा दाङकी नाबालिका युवतीलाई अभिभावकको जिम्मा लगाइएको छ भने अर्घाखाँचीकी युवतीलाई पनि परिवारको सम्पर्कमा ल्याउने प्रक्रिया अघि बढाइएको छ। नेपालगञ्ज उपमहानगरपालिका महिला, बालबालिका तथा नागरिक शाखा प्रमुख पवित्राकुमारी पुरीले भारतीय नागरिकसँग विवाह गराउने कार्यमा कतिपय नेपाली महिलाले आर्थिक लाभका लागि समन्वय गर्ने गरेको पाइएको बताउनुभयो।

इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी निरीक्षक किरण प्रकाश मल्लले सामाजिक सञ्जालमार्फत गरिएको कुराकानीकै आधारमा घरबाट भागेर भारत जाने महिला उच्च बेचबिखनको जोखिममा रहने भएकाले सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिनुभयो।

शान्ति पुनःस्थापना केन्द्रका राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईले सीमा नाकामा निगरानी र सचेतनामूलक कार्यक्रम अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो। केन्द्रले गत आर्थिक वर्षमा मात्रै ३९९ जना महिला तथा बालबालिकाको उद्धार गरेको जनाएको छ।

नेपालगञ्जस्थित जमुनाह नाकामा शान्ति पुनःस्थापना केन्द्र, माइती नेपाल, साथी संस्था लगायत करिब एक दर्जन सङ्घसंस्था मानव बेचबिखनविरुद्ध सक्रिय रूपमा काम गर्दै आएका छन्।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *