- मंसिर २९, २०८२
- No Comment
- 148
यू–१९ एसिया कप: बंगलादेशविरुद्ध नेपाल पहिला ब्याटिङमा

काठमाडौँ । एसीसी यू–१९ एसिया कप अन्तर्गत आज नेपालले बंगलादेशविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
बंगलादेश यू–१९ टोलीले टस जितेर फिल्डिङ गर्ने निर्णय गर्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
दुबईमा जारी प्रतियोगितामा नेपाल पहिलो खेलमा श्रीलंकासँग ८ विकेटले पराजित भएको थियो । त्यस हारबाट पाठ सिक्दै आजको खेलमा जित निकाल्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रिएको छ ।
समूह ‘बी’ अन्तर्गत नेपालको यो दोस्रो खेल हो । नेपालले समूह चरणको अन्तिम खेल बुधबार अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ ।
नेपाल रहेको समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् । हालसम्म श्रीलंका र बंगलादेशले एक–एक खेल जितेका छन् भने नेपाल र अफगानिस्तान जितविहीन छन् । यही समूह अन्तर्गत अहिले अफगानिस्तान र श्रीलंकाबीचको खेल जारी छ ।



