• मंसिर २४, २०८२
  • No Comment
  • 152

सुर्खेतमा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी तालिम सम्पन्न

सुर्खेत, मंसिर २४ — स्थानीय तहका खाद्य उत्पादन तथा व्यवसायमा संलग्न उद्यमीलाई लक्षित गर्दै खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी तालिम सम्पन्न भएको छ। सुर्खेतमा अवस्थित विभिन्न प्रशोधित पिउने पानि उत्पादक तथा उद्योगमा कार्यरत कामदारहरुलाई खाद्य स्वछता तथा गुणस्तर ऐन २०८१ मा रहेका प्रावधान, सरसफाई सम्बन्धि तथा प्रशोधित पिउने पानि उत्पादन सम्बन्धि निर्देशिका २०७४ मा रहेका प्रावधानहरु सम्बन्धि जानकारी दिइएको थियो ।

“खाद्य पदार्थमा स्वच्छता, विज्ञानको अपरिहार्यता” भन्ने मूल नारासहित आयोजित तालिम मंसिर २४ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग कार्यालयको सभाहलमा सम्पन्न गरिएको हो । तालिमको आयोजना नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले संयुक्त रूपमा गरेका हुन्।

कार्यक्रममा सहभागी उद्यमीलाई खाद्य उत्पादन, भण्डारण, प्रशोधन तथा बिक्री–वितरणका क्रममा अपनाउनु पर्ने स्वच्छता मापदण्ड, गुणस्तर परीक्षणका आधारहरू, र खाद्य सुरक्षा सम्बन्धी कानूनी प्रावधानबारे विस्तृत जानकारी गराइएको थियो । कार्यक्रममा उपस्थित उत्पादक तथा उद्योगमा कार्यरत कामदारहरुलाई प्रमाणपत्र वितरण गरिएकाे थियाे । आयोजक संस्थाका प्रतिनिधिहरूले तालिमले स्थानीय उद्योगी–व्यवसायीको सीप अभिवृद्धि गर्दै सुरक्षित, स्वच्छ र गुणस्तरीय खाद्य सामग्री उत्पादन तथा वितरणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको थियो।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *