- मंसिर १८, २०८२
- No Comment
- 155
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु

चितवन — रत्ननगर नगरपालिका–६ स्थित पार्क साइट होटलको छतबाट खसेर एक किशोरीको मृत्यु भएको छ। बुधबार राति घटीएको उक्त दुर्घटनामा सिन्धुलीको कमलामाई नगरपालिका–६ निवासी १८ वर्षीया स्नेहा पाख्रिनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पाख्रिन अध्ययनरत शैक्षिक भ्रमणका लागि चितवन आएकी थिइन्। होटलको छतबाट खसेपछि उनी गम्भीर घाइते भएकी थिइन्। तत्कालै उनलाई बकुहर अस्पताल पुर्याइए पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
स्नेहा सिन्धुली गुरुकुल कलेजकी विद्यार्थी रहेको जानकारी प्रहरीले दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



