• मंसिर १६, २०८२
  • No Comment
  • 75

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।

कर्णाली प्रदेश योजना आयोगद्वारा आयोजित आयोजनाको प्रस्ताव तथा छनोट, आयोजना बैंक, ससर्त, समपुरक र विशेष अनुदान कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विगत वर्षहरूमा कर्णालीमा बजेट खर्च सुस्त रहने प्रवृत्ति दोहोरिन नदिन जिम्मेवार रूपमा काम गर्न आग्रह गरे।

कडेलका अनुसार राजनीतिक र प्रशासनिक वातावरणले केही चुनौती थपे पनि विकास कार्य अघि बढाउन सबै तहका जिम्मेवारले आफ्ना भूमिकामा सक्रिय हुनुपर्ने आवश्यकता छ। “विषम परिस्थिति भए पनि जिम्मेवारीबाट पछि हट्न मिल्दैन,” उनले भने।

मुख्यमन्त्री कडेलले पहिलोपटक स्थानीय तहसँग औपचारिक छलफलमार्फत योजनाको एकीकृत व्यवस्थापन अघि बढाइएको जानकारी दिए। ५० लाखभन्दा माथिका सबै योजना अब आयोजना बैंकमार्फत मात्र अघि बढाइने र मनपरी सिफारिसको प्रवृत्ति अन्त्य गरिने उनले स्पष्ट पारे।

कर्णाली प्रदेशसभाकी सभामुख नन्दा गुरुङले समेत योजना प्रस्ताव, छनोट र अनुदान कार्यान्वयनसम्बन्धी कानुन प्रभावकारी रूपमा लागू गर्न सके आर्थिक स्रोतको सदुपयोग हुने बताइन्। उनका अनुसार नयाँ प्रणालीले विगतमा देखिएको योजना व्यवस्थापनको अव्यवस्था हटाइ विकास कार्यलाई व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा प्रदेशका मन्त्री, प्रदेश सभा सदस्य, प्रमुख सचिव तथा विभिन्न मन्त्रालयका सचिवहरूको उपस्थिति थियो। योजना आयोगले आगामी आर्थिक वर्षका लागि योजना छनोट गरी मंसिर मसान्तभित्र सम्बन्धित कार्यालय पठाउन निर्देशन दिएको छ, जबकि जिल्ला समितिले माघ मसान्तभित्र मन्त्रालयमा पठाइसक्नुपर्ने व्यवस्था गरिएको छ।

सम्बन्धित खबर

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२ लाख लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन, ३ जनालाई रोजगारी

पञ्चपुरी ८ दुलालथाईमा एक युवाको उदाहरणीय पहल : १२…

सुर्खेत । सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका–८ दुलालथाईस्थित औद्योगिक क्षेत्रभित्र एक युवा उद्यमीले आफ्नै लगानीमा जुत्ता–चप्पल उद्योग सञ्चालन गरी स्थानीय स्तरमै उत्पादन…
चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

चौकुने–८ मा युवाहरुलाई तरकारीका बीउबिजन वितरण

सुर्खेत।  अन्तर निर्भर समाज सुर्खेतका एकेन्द्र प्रसाद देवकोटाले चौकुने गाउँपालिका–८ का संयुक्त समाज सुधार युवाहरुलाई कमल जि सी को प्रमुख अतिथिमा…
मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *