• मंसिर १६, २०८२
  • No Comment
  • 95

कालिकोटमा कुलो निर्माणमा १९ लाख ४८ हजार भ्रष्टाचार, आठ जनामाथि मुद्दा

कालिकोट। कालिकोटको नरहरीनाथ गाउँपालिका–७ मा सिँचाइ कुलो निर्माणका लागि छुट्याइएको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले सोमबार गाउँपालिका उपाध्यक्ष मनशोभा बुढा, वडा नम्बर ७ का वडाध्यक्ष दलबहादुर विश्वकर्मा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने, सव–इन्जिनियर अमर शाही र अनिलकुमार विष्टसहित उपभोक्ता समितिका पदाधिकारीमाथि विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मुद्दा परेकामध्ये उपभोक्ता समितिका अध्यक्ष नरेशबहादुर शाही, सचिव काशी विश्वकर्मा र कोषाध्यक्ष मधु विश्वकर्मा पनि रहेका छन्। अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आठै जनासँग जनहीँ १९ लाख ४८ हजार ४८८ रुपैयाँ बिगो र जरिवाना माग गरिएको छ।

२०७७/७८ को आर्थिक वर्षमा मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कुलो निर्माणका लागि ४२ लाख ८४ हजार रुपैयाँ विनियोजन गरिएको थियो। सम्झौता अनुसार ९३० मिटर लम्बाइको पक्की कुलो निर्माण गर्नुपर्ने थियो।

तर, गाउँपालिका पदाधिकारी र उपभोक्ता समितिका सदस्यले मिलेमतो गरी ३५४ मिटर मात्र कुलो निर्माण गरेको पाइएको छ। भुक्तानीका लागि भने ७३० मिटर निर्माण भएको भन्दै लिखित प्रतिवेदन तयार पारेको अख्तियारले जनाएको छ।

प्राविधिक टोलीको नापजाँच र मुचुल्कामा वास्तविकभन्दा बढी काम भएको देखाएर भुक्तानी लिएको ठहर गर्दै अख्तियारले उनीहरूले गाउँपालिकालाई उल्लेख्य आर्थिक हानि पुर्‍याएको आरोपसहित मुद्दा दायर गरेको हो।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *