• मंसिर १५, २०८२
  • No Comment
  • 159

जाडोमा खानुपर्ने १५ महत्वपूर्ण खानेकुरा

जाडो सुरुसँगै मौसम चिसिंदै जाँदा शरीरलाई न्यानो राख्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने खानपानको महत्व झनै बढ्ने गरेको विशेषज्ञहरू बताउँछन्। पोषक तत्वले भरिपूर्ण खानेकुराको सेवनले चिसो मौसममा देखिने साधारण समस्या—रुघाखोकी, ज्वरो, जोर्नी दुख्ने लगायतका समस्याबाट जोगिन मद्दत गर्छ। जाडो महिनामा यी १५ प्रकारका खानेकुरालाई दैनन्दिन भोजनमा समावेश गर्न सके स्वास्थ्यलाई अत्यन्त लाभदायक हुने बताइन्छ।
१. हरियो सागपात
फाइबर, फलिक एसिड, भिटामिन–सी, पोटासियम र म्याग्नेसियमले भरिपूर्ण सागपात जाडोमा सर्वश्रेष्ठ भोजन मानिन्छ। यसले शरीरलाई न्यानो राख्नुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ।
२. गाजरका परिकार
गाजरको हलुवा जाडोमा निकै फाइदाजनक मानिन्छ। खुवा, दूध, बदाम, घ्यू र अलैंची मिसाएर बनेको गाजर हलुवा शरीरलाई न्यानो राख्ने उत्तम भोजन हो।
३. तातो भोजन
चिसो मौसममा तातो खाना–पानी सेवन गर्नुपर्छ। यसले शारीरिक तातोपना बढाउँछ र चिसोले सुस्त बनाएका अंगहरू सक्रिय बनाउन सहयोग गर्छ।
४. तोरी तेलमा बनेका परिकार
कम नुन, रिफाइन्ड, जैतुन वा तोरी तेल प्रयोग गरी बनाइने भोजनले शरीरमा आवश्यक तापक्रम कायम राख्न मद्दत गर्छ।
५. पर्याप्त तरल पदार्थ
जाडोमा पसिना कम आए पनि पानी तथा अन्य तरल पदार्थ सेवन आवश्यक छ। विशेषतः बालबालिका, गर्भवती तथा वृद्धहरूले चिसो पदार्थ वा आइसक्रिमबाट टाढा रहनुपर्छ।
६. आलस र तिल
आलस भुटेर बनेको पाउडर र तिललाई दैनिक भोजनमा प्रयोग गर्दा शरीर न्यानो रहन्छ। यी दुवै चिसो मौसममा अत्यन्त पौष्टिक मानिन्छन्।
७. काजु, पिस्ता र बदाम
तैलीय तथा उर्जा प्रदान गर्ने गुण भएकाले यी ड्राइफ्रुटले शरीरलाई तातो राख्छन्। जाडोमा यसको मात्रामा वृद्धि गर्न सकिन्छ।
८. अदुवा र बेसार
अदुवा र बेसार शरीर तताउने प्राकृतिक मसला हुन्। यी दुवै रुघाखोकी तथा संक्रमणसँग लड्न प्रभावकारी मानिन्छन्।
९. चिकेन सुप
मांसाहारीका लागि जाडोमा कुखुराको सुप उत्तम हुन्छ। यसले रुघाखोकी कम गर्नुका साथै शारीरिक ताप बढाउँछ।
१०. जौ, गहुँ र फापर
भातले शरीर चिस्याउने भएकाले जाडोमा जौ, गहुँ र फापरलाई प्रमुख अन्नका रूपमा प्रयोग गर्न स्वास्थ्य विशेषज्ञ सुझाव गर्छन्।
११. लसुन
लसुन जाडो भगाउने प्राकृतिक औषधि मानिन्छ। यसमा भाइरससँग लड्ने क्षमता उच्च हुने भएकाले जाडोमा यसको सेवन उपयोगी हुन्छ।
१२. मरिच
विशेष गरी कालो मरिचले शरीर न्यानो बनाउनुका साथै रुघाखोकी तथा ज्वरोसँग लड्न मद्दत गर्छ।
१३. चिया तथा हर्बल टी
जाडोमा चिया, कफी वा हर्बल टी सेवनले शरीर तताउने साथै मानसिक ताजगी प्रदान गर्छ।
१४. गेडागुडी तथा माछा–मासु
टुसा पलाएका गेडागुडी र माछामासुले शरीरलाई आवश्यक शक्ति प्रदान गर्छन् र छाला रुखो हुन नदिई चिसोबाट बचाउँछन्।
१५. दूध र अण्डा
नियमित दूध र अण्डाको सेवनले हड्डी मजबुत बनाउनुका साथै शरीरमा तातोपना बढाउँछ।
विशेषज्ञहरूका अनुसार जाडो मौसममा उचित खानपानले चिसोले ल्याउने अधिकांश स्वास्थ्य समस्या कम गर्न सकिने भएकाले पोषक तत्वयुक्त, तातो र प्राकृतिक खाना प्राथमिकता दिन उचित मानिन्छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *