• मंसिर १४, २०८२
  • No Comment
  • 97

एनपीएलमा आज कर्णाली याक्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडाैं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज महत्वपूर्ण खेल हुँदैछ। लिगको प्रतिस्पर्धा थप रोचक बनेका बेला कर्णाली याक्स र काठमाडौं गोर्खाज आज दिउँसो ३:३० बजेदेखि भिड्ने भएका छन्।

जारी प्रतियोगितामा कर्णाली याक्सले अहिलेसम्म ४ खेल खेलेको छ, जसमा १ खेलमा मात्रै जित हात पर्दा ३ खेलमा हार बेहोरेको छ। अर्कोतर्फ, काठमाडौं गोर्खाजले ५ खेल खेल्दा ३ खेलमा जित निकाल्दै २ खेलमा हार व्यहोरेको छ। प्रदर्शनका आधारमा काठमाडौंको टोली अहिले बलियो अवस्थामा रहेको देखिन्छ।

कर्णाली याक्स सोमपालकामिको कप्तानीमा मैदान उत्रिनेछ। टोलीमा राष्ट्रिय खेलाडीहरू गुलशन झा, नन्दन यादव, पवन सराफ रहेका छन्। साथै, विदेशी खेलाडी जयकिशन कोलसावाला, म्याक्स ओ’डाउड, प्रियांक पञ्चाल, मार्क वाट र नाजिबउल्लाह जद्रानसमेत कर्णालीलाई सशक्त बनाउन तैयार छन्।

त्यस्तै, काठमाडौं गोर्खाज करण केसीको कप्तानीमा खेल्दैछ। राष्ट्रिय खेलाडीहरू भीम सार्की, शाहब अलाम, रशिद खान, मोहम्मद आदिल आलम यस टिममा छन्। विदेशी खेलाडी मार्वे गेरार्ड इरासमस, जोन एन्ड्रयु सिम्पसन र मिलिन्द कुमारले टोलीलाई थप मजबुत बनाएका छन्।

आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण मानिएको छ। कर्णालीका लागि प्लेअफ सम्भावना जिवन्त राख्न जित आवश्यक छ भने काठमाडौं निरन्तरता कायम राख्दै शीर्ष स्थानमा उक्लिन चाहन्छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *