• मंसिर १४, २०८२
  • No Comment
  • 132

चना सेवन स्वास्थ्यका लागि यति धेरै फाइदाजनक

स्वास्थ्य विशेषज्ञहरूका अनुसार चना नियमित रूपमा सेवन गर्नु शरीरका लागि अत्यन्त फाइदाजनक मानिन्छ। प्रोटीन, फाइबर, भिटामिन तथा आइरन, म्याग्नेसियम र क्याल्सियमजस्ता आवश्यक मिनरल्सले भरिपूर्ण चनाले शरीरलाई शक्तिशाली बनाउनुका साथै विभिन्न रोगहरूबाट जोगाउन मदत गर्छ।

पोषणविद्हरूका अनुसार चनामा पाइने फाइबरले पाचन प्रणाली सुधार गर्छ, कब्जियत रोक्छ र पेटलाई स्वस्थ राख्छ। यसले तौल नियन्त्रणमा सहयोग गर्ने भएकाले चना तौल घटाउन चाहनेहरूका लागि प्रभावकारी मानिन्छ। त्यस्तै, चनाले शरीरमा खराब कोलेस्ट्रोल कम गरिदिने भएकाले हृदय स्वास्थ्यका लागि पनि लाभदायक छ।

रगतचाप नियन्त्रणमा मदत गर्ने पोटासियम चनामा पर्याप्त पाइने भएकाले उच्च रक्तचाप भएका बिरामीहरूका लागि पनि चना उपयोगी मानिन्छ। मधुमेह भएका व्यक्तिहरूका लागि पनि चना उत्तिकै लाभदायक छ, किनकि यसमा ग्लाइसेमिक इंडेक्स कम हुन्छ, जसले रगतमा चिनीको स्तर अचानक बढ्न दिंदैन।

हड्डी मजबुत बनाउन आवश्यक क्याल्सियम, फस्फोरस र म्याग्नेसियम चनामा पाइने भएकाले चना बालबालिका, गर्भवती महिला तथा बुढाबुढीका लागि उपयुक्त मानिन्छ। साथै, चनाले छालामा प्राकृतिक चमक ल्याउने र रोग प्रतिरोधात्मक क्षमता बढाउने चिकित्सकहरूको सुझाव छ।

कसरी खाने ?

विशेषज्ञहरूले चना विभिन्न तरिकाले सेवन गर्न सकिने बताउँछन्। रातभर भिजाएर बिहान खाली पेट खानेले पाचन सुधार र उर्जा वृद्धि गर्छ। उसिनेर सलादका रूपमा, भुटेर हल्का स्न्याक्सका रूपमा, सूप वा करी बनाएर, सत्तुका रूपमा वा अंकुरित चना सेवन गर्न सकिन्छ। अंकुरित चनालाई सबैभन्दा पौष्टिक मानिन्छ।

स्वास्थ्य लाभ धेरै भएकाले चनालाई दैनिक आहारमा समावेश गर्न चिकित्सकहरूले सुझाव दिएका छन्।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *