• मंसिर १२, २०८२
  • No Comment
  • 144

चिसो मौसममा स्वास्थ्य जोगाउन प्राकृतिक उपायहरू

पुस महिना सुरुसँगै देशभर चिसो बढ्दै गएको छ। तापक्रम गिरावटसँगै health expert हरूले जाडो मौसममा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने बताए । शरीरमा प्रतिरक्षा प्रणाली घट्ने भएकाले यो समयमा विशेष सावधानी आवश्यक हुने उनीहरूको भनाइ छ।

विशेषज्ञका अनुसार जाडोमा शरीर न्यानो राख्ने र प्रतिरोधी क्षमता बढाउने केही प्राकृतिक उपायहरूले स्वास्थ्य सुरक्षित रहन मद्दत गर्छन्।

तातो तथा हल्का भोजनको सुझाव

चिसो मौसममा तातो र हल्का भोजन सेवन गर्न चिकित्सकहरूले सुझाव दिएका छन्। तातो खाना शरीरलाई न्यानो राख्नुका साथै ब्याक्टेरियासँग लड्न प्रभावकारी मानिन्छ। यस्तो भोजनले प्रतिरक्षा प्रणाली सुदृढ बनाउने बताइन्छ।

चिसो पेय पदार्थबाट टाढा रहन आग्रह

जाडोमा चिसो खाना तथा पेय पदार्थ सेवन गर्दा पाचन प्रणाली कमजोर हुने र विषाक्त पदार्थको मात्रा बढ्न सक्ने अध्ययनले देखाएको छ। त्यसैले प्रतिरक्षा क्षमता जोगाउन चिसो पदार्थभन्दा तातो पेय पदार्थलाई प्राथमिकता दिन विशेषज्ञहरूको सल्लाह छ।

पर्याप्त निद्राको आवश्यकता

मानव शरीरका लागि आवश्यक तत्वमध्ये पर्याप्त निद्रा जाडोमा झनै महत्वपूर्ण मानिन्छ। पूरा निद्राले शरीरलाई पुनः ऊर्जावान बनाउने र रोग प्रतिरोधात्मक क्षमता बढाउने बताइन्छ।

जडीबुटी उपयोगले प्रतिरोधात्मक क्षमता वृद्धि

अश्वगन्धा, अमला, तुलसीजस्ता जडीबुटीको प्रयोगले शरीर बलियो बन्ने र रोगसँग लड्ने क्षमता बढ्ने विशेषज्ञहरूको भनाइ छ। यी जडीबुटी चिया वा तातोपानीमा मिसाएर सेवन गर्न सकिन्छ।

मसला सेवन उपयोगी

अदुवा, दालचिनी, जिरा, धनियाँ, अलैंची, मरिच जस्ता मसला चिसो मौसममा प्रतिरक्षा क्षमता बढाउन प्रभावकारी मानिन्छन्। मसलायुक्त खाना सेवनले शरीर न्यानो राख्ने र रुघाखोकी तथा ज्वरोबाट बचाउने स्वास्थ्यकर्मीको सुझाव छ।

मन्तातो पानी र जडीबुटी मिसाएको नुहाइ

जाडोमा स्वास्थ्य जोगाउन मनतातो पानीले नुहाउनु उत्तम मानिन्छ। पानीमा थोरै तुलसीपत्र वा नुन मिसाएर नुहाउँदा रोगसँग लड्ने क्षमता बढ्न सहयोग हुने विशेषज्ञहरूले बताउँछन्।

तेल मालिसले रक्तसञ्चार वृद्धि

नुहाइसकेपछि तिल, बदाम वा तोरीको तेलले मालिस गर्दा मांसपेशी बलियो हुने र रक्तसञ्चार सुधारिने स्वास्थ्यकर्मीहरू बताउँछन्। नियमित मालिसले शरीरमा न्यानोपन कायम रहँदै स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिन्छ।

जाडो महिनामा यी प्राकृतिक उपाय अपनाए स्वास्थ्य जोखिम कम भई शरीर तन्दुरुस्त रहन सहयोगी हुने विशेषज्ञहरूको भनाइ छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *