- मंसिर ९, २०८२
- No Comment
- 208
सुर्खेतमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा होस्टल संचालक पक्राउ

सुर्खेत| सुर्खेतको पञ्चपुरी नगरपालिका-५ मा रहेको श्री सरस्वती विद्या निकेतन इङ्लिस बोर्डिङ स्कुलको होस्टल संचालक महेन्द्र अर्याल एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्। अर्यालले सोही होस्टलमा बस्ने र कक्षा ५ मा अध्ययनरत १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोप लागेको प्रहरीले बताएकाे छ ।
मिति २०८२ मंसिर ३ गते साँझ करिब ९ बजे कक्षा ५ मा अध्ययनरत बालिकालाई ललाइफकाई जबरजस्ती करणी गरी फरार भएको भन्दै इलाका प्रहरी कार्यालय बाबियाचौरमा जानकारी आएपछि प्रहरीले खोजतलास थालेको थियो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गएराती १२ बजे तिर ४० वर्षिय अर्याललाई पञ्चपुरी-१ बाचकाँडा भन्ने स्थानमा लुकिछिपि बसेको अवस्थामा नियन्त्रणमा लिएको हो। पक्राउ परेका अर्याललाई अहिले इलाका प्रहरी कार्यालय बाबियाचौरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



