• मंसिर ८, २०८२
  • No Comment
  • 121

एनपीएल : आज जनकपुर–विराटनगर र कर्णाली–सुदूरपश्चिम भिड्ने

काठमाण्डौ, मंसिर ८ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज सोमबार दुई खेलहरू हुँदैछन्। पहिलो खेल बिहान ११:४५ बजे जनकपुर बोल्ट्स र विराटनगर किंग्सबीच हुनेछ भने दोस्रो खेल दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्।

यस सिजनमा पहिलोपटक एक–आपसमा भिड्न लागेका चारै टोलीले आज अंकतालिकामा महत्वपूर्ण उछाल ल्याउने लक्ष्य राखेका छन्।
उद्घाटन खेलमा काठमाण्डु गोर्खाजसँग पराजित भएको जनकपुरका लागि आजको खेल सिजनको दोस्रो अवसर हो। पछिल्ला दुवै खेलमा काठमाण्डु र पोखरालाई पराजित गर्दै उत्कृष्ट लयमा रहेको विराटनगर किंग्स भने जीतको ह्याट्रिक बनाउन मैदान उत्रिँदैछ।

दोस्रो खेलमा कर्णाली याक्सले अहिलेसम्मका दुई खेलमध्ये एकमा विजय हात पारेको छ। अर्को तर्फ, लगातार जितको लक्ष्यमा रहेको सुदूरपश्चिम रोयल्सले आज तेस्रो विजय दर्ता गर्दै तालिकामा मजबुत उपस्थितिका लागि प्रयत्न गर्नेछ। यसअघि सुदूरपश्चिमले काठमाण्डु र पोखरालाई पराजित गरिसकेको छ भने कर्णालीले लुम्बिनीलाई हराउँदै आत्मविश्वास बढाएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *