- मंसिर ७, २०८२
- No Comment
- 139
छोरोको जिम्मामा छुटे मेडिकल व्यवसायी दुर्गा प्रसाईं

काठमाडौँ — मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्। बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिहाइको आदेश दिएपछि उनी आजै मुक्त भएका हुन्।
राजसंस्था पुनःस्थापनाको मागसहित अनिश्चितकालीन आन्दोलन घोषणा गरेका प्रसाईंलाई गत सोमबार राति ‘संगठित अराजक गतिविधि’ गरेको आरोपमा मध्यपुरथिमीस्थित उनको निवासबाट पक्राउ गरिएको थियो। सो आन्दोलन उनको समूहमार्फत मंगलबार राति फिर्ता लिइएको थियो।
प्रहरीका अनुसार प्रसाईंलाई रिहाइपछि छोरा निराजन प्रसाईंको जिम्मामा बुझाइिएको छ।



