• मंसिर ७, २०८२
  • No Comment
  • 141

भियतनाममा बाढी र पहिरोका कारण कम्तीमा ९० जनाको मृत्यु, १२ बेपत्ता

हानोई — केही दिनदेखि निरन्तर परिरहेको मुसलधारे वर्षा र पहिरोका कारण भियतनाममा कम्तीमा ९० जनाको मृत्यु भएको छ भने १२ जना अझै बेपत्ता छन्। बाढीले १ लाख ८६ हजार घरमा क्षति पुर्‍याएको छ र ३ लाखभन्दा बढी पशु–वस्तुभाउ बगाएको सरकारी स्रोतले जनाएको छ।

नोभेम्बर १६ यता बढ्दै गएको बाढी र पहिरो विशेषगरी पहाडी प्रान्त डाक लाकमा विनाशकारी बनेको छ, जहाँ मात्रै ६० भन्दा बढीले ज्यान गुमाएका छन्। कालमेगी र बुआलोई नामक दुई समुद्री आँधीपछि आएको भारी वर्षाले देशभरको भौतिक संरचना ठूलो रूपमा प्रभावित बनाएको अधिकारीहरूको भनाइ छ।

आइतबार बिहान करिब २ लाख ५८ हजार नागरिक बिजुलीविहीन बनेका थिए। राजमार्ग तथा रेलमार्गका विभिन्न खण्ड अवरुद्ध हुँदा उद्धार तथा राहत कार्य चुनौतीपूर्ण बनेको जनाइएको छ। सबैभन्दा प्रभावित पाँच प्रान्तहरू—क्वाङ न्गाई, गिया लाइ, डाक लाक, खान होआ र लाम डोङमा सैन्य तथा प्रहरी बल परिचालन गरिएको छ।

जी–२० शिखर सम्मेलनमा सहभागी हुन दक्षिण अफ्रिका पुगेका प्रधानमन्त्री फाम मिन्ह चिनले त्यहीँबाट भर्चुअल आपत्कालीन बैठकको अध्यक्षता गरेका थिए। केही प्रदेशमा वर्षा १.५ मिटर नाघेको तथा कतिपय स्थानमा १९९३ यताकै उच्च वर्षा मापन गरिएको अधिकारीहरूले बताएका छन्।

वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण भियतनाम चरम मौसमी जोखिममा झनै परिरहेको छ। आगामी दिनहरूमा वर्षा केही कम हुने पूर्वानुमान गरिएको छ।

    सम्बन्धित खबर

    देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

    देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
    आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

    आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

    गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
    हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

    हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

    सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *