• मंसिर २, २०८२
  • No Comment
  • 156

प्याब्सन सुर्खेतका अध्यक्ष बडुवालद्वारा वृद्धा आश्रममा न्यानो कपडा वितरण

सुर्खेत। प्याब्सन सुर्खेतका अध्यक्ष छत्र बडुवालले आफ्नो जन्मदिनको अवसर पारेर वीरेन्द्रनगर नगरपालिका -१२ मा रहेकाे मानवसेवा अाश्रममा भएका आमा–बुबालाई न्यानो कपडा वितरण गरेका छन्।

सोमबार बडुवालले आश्रमका ५० जना वृद्ध–वृद्धालाई ५० जोड पन्जा, ५० जोड मोजा र ५० थान न्यानो टोपि वितरण गरेका छन्। वृद्धाबस्थामा उनीहरूलाई आवश्यक पर्ने न्यानो सामग्री उपलब्ध गराएर सहयोग गर्न पाउँदा आफू खुसी भएको बडुवालले बताए।

यसैगरी बडुवालले मंगलबार नेपाल राष्ट्रिय भैरव माध्यमिक विद्यालय, चिसापानीका १४ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्। आर्थिक रूपमा कमजोर विद्यार्थीलाई अध्ययनमा सहजता होस् भन्ने उद्देश्यले सामग्री प्रदान गरिएको उनले बताए।

उनका अनुसार यसअघि पनि उनले हरिडिल माध्यमिक विद्यालयलाई फर्निचर उपलब्ध गराइसकेका छन्। सामाजिक जिम्मेवारीअन्तर्गत आगामी दिनमा पनि यस्ता सहयोगी गतिविधि निरन्तर जारी रहने बडुवालले बताएका छन्।
यसअघि पनि मानवसेवा अाश्रममा बडुवालले विभिन्न सामाग्रीहरू विवरण गरेका थिए ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *