• कार्तिक २८, २०८२
  • No Comment
  • 201

जाडाे माैसममा यसरी आफ्नो ख्याल राख्नुहोस्

जाडोयाम सुरु भएपछि शरीरको तापक्रम सन्तुलनमा राख्न शरीरले बढी मेहनत गर्नुपर्ने चिकित्सकहरू बताउँछन्। बाहिरी चिसोको प्रभावलाई समयमै नसम्हालिए विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने उनीहरूको सुझाव छ।

विशेषगरी जाडोमा वान्ता हुने, चिडचिडापन बढ्ने, सुख्खा खोकी लाग्ने, ज्वरो आउने, नाकबाट सिँगान बग्ने, घाँटी दुख्ने जस्ता समस्या छिट्टै देखापर्न सक्छन्। विशेषज्ञका अनुसार यस्ता लक्षण देखिनासाथ शरीरमा कमजोरी बढिरहेको संकेत मान्नुपर्छ।
चिकित्सकहरू भन्छन्, “जाडोको मौसममा दिनमा कम्तीमा ३० मिनेट घाम ताप्नु अत्यन्तै आवश्यक हुन्छ। घामले शरीरमा भिटामिन–डीको मात्रा बढाउने मात्र होइन, प्रतिरक्षा शक्तिलाई पनि मजबुत बनाउँछ।”

यसैगरी नियमित व्यायाम गर्ने, बिहान–साँझ पैदल हिँड्ने बानी बसाल्ने, तातो पानी प्रशस्त पिउने र अत्यधिक चिसोबाट जोगिने habit बनाउनुपर्ने सुझाव दिइएको छ। व्यायाम र हिँडाइले शरीरमा रक्तसञ्चार बढाउने भएकाले चिसोका कारण उत्पन्न हुने धेरै समस्या कम हुन सक्छन्।
स्वास्थ्यकर्मीहरूले अझ भोलिका केही दिन अझै चिसो बढ्ने सम्भावना रहेको भन्दै जाडोमा देखिने साना लक्षणलाई बेवास्ता नगर्न आग्रह गरेका छन्। “घाँटी दुख्ने, नाक बग्न सुरु हुने, सामान्य खोकी लाग्ने जस्ता लक्षण देखिएमा समयमै सावधानी नअपनाए ठूलो रोगको रूप लिन सक्छ,” उनीहरूको चेतावनी छ।
जाडोयाममा विशेष गरी बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा दीर्घरोगीहरू बढी जोखिममा रहने भएकाले उनीहरूको हेरचाहमा अझ ध्यान दिनुपर्ने बताइएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *