• कार्तिक २७, २०८२
  • No Comment
  • 191

सिमकोटमा चार दिनदेखी विद्युत् आपूर्ति बन्द

अदानचुली (हुम्ला) । हुम्लाको सदरमुकाम सिमकोट चार दिनदेखि अन्धकारमा डुबेको छ। एक मात्र विद्युत् स्रोत हिल्दुम जलविद्युत् वितरण केन्द्रमा आएको प्राविधिक खराबीका कारण विद्युत् आपूर्ति बन्द हुँदा सिमकोटबासी अन्धकारमा बस्न बाध्य भएका हुन्।

वितरण केन्द्रमा मर्मतकार्य सुरु नभएकाले विद्युत् आपूर्ति ठप्प छ। वैकल्पिक स्रोत नहुँदा विद्युत् आवश्यक पर्ने सम्पूर्ण काम प्रभावित भएका छन्। केही सरकारी कार्यालयमा सोलार प्रणाली जडान गरिएको भए पनि हिउँदको समयमा पर्याप्त घाम नलागेकाले त्यसबाट पनि ऊर्जा प्राप्त गर्न मुस्किल परेको स्थानीयहरूले बताएका छन्।

मोबाइल र ल्यापटप चार्ज गर्न नसक्दा सञ्चारकर्मीहरूलाई समाचार संकलन र सम्प्रेषणमा समेत कठिनाइ परेको सञ्चारकर्मी नरजङ तामाङले बताए। “चार दिनदेखि उज्यालो छैन, समाचार पठाउन पनि सकिरहेका छैनौं,” तामाङले भने।

हिल्दुम जलविद्युत् वितरण केन्द्रका प्रमुख इन्जिनियर जितेन्द्र शाहका अनुसार विद्युत् गृह र अन्य संरचनामा मर्मत कार्य आवश्यक परेकाले वितरण बन्द गरिएको हो। उनले मर्मतपछि चाँडै विद्युत् आपूर्ति सुचारु गर्ने तयारी भइरहेको बताए।

यसैबीच सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्द मर्मतस्थलमै पुगेर काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन्। उनका अनुसार मर्मत कार्य तीव्र रूपमा भइरहेको र शनिबारसम्म विद्युत् आपूर्ति पुनः सञ्चालन गर्ने लक्ष्य राखिएको छ।

त्यसैगरी हिल्दुम जलविद्युत् प्रणालीको मुहानदेखि फर्बेसम्मको नहरमा रहेको पानी चुहिने स्थानको मर्मत पनि सम्पन्न भइसकेको बताइएको छ।

स्थानीयहरू भने चाँडोभन्दा चाँडो उज्यालो फर्किने आशामा छन्।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *