• कार्तिक २६, २०८२
  • No Comment
  • 128

किवीकाे सेवनले यस्ता छन बहुमूल्य फाइदाहरू

हरियो रङको सानो आकारको कीवी फल स्वास्थ्यका लागि अत्यन्त लाभदायी मानिन्छ । भिटामिन बी, सी, एन्टिअक्सिडेन्ट, फस्फोरस, पोटासियम र क्याल्सियमजस्ता पौष्टिक तत्वले भरिपूर्ण कीवीलाई स्वास्थ्यविद्हरूले ‘पोषक तत्वको पावरहाउस’ भनेर उल्लेख गर्छन् । नियमित रूपमा कीवी सेवन गर्दा शरीरलाई विभिन्न रोगबाट जोगाउन मद्दत पुग्ने अनुसन्धानहरूले देखाएका छन् ।

डीएनएको मर्मतमा मद्दत
तनाव, धूम्रपान, क्यान्सर, किमोथेरेपी, रेडिएशन, औषधिको अत्यधिक प्रयोग र प्रदूषणको असर हाम्रो डीएनएमा पर्ने गर्छ । यसले मृगौला, फोक्सो र दिमागसँग सम्बन्धित गम्भीर रोगहरू निम्त्याउन सक्छ । तर, किवीमा पाइने एन्टिअक्सिडेन्ट र अन्य जैविक तत्वहरूले डीएनएको मर्मत गर्न सहयोग गर्छन् । विभिन्न अध्ययनका अनुसार किवीको नियमित सेवनले पेटको क्यान्सरको जोखिम पनि कम गर्न सक्छ ।

प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ
कीवीमा प्रशस्त मात्रामा भिटामिन सी र एन्टिअक्सिडेन्ट हुन्छन्, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । चिकित्सकहरूका अनुसार किवी प्राकृतिक ‘इम्युनिटी बूस्टर’ हो, जसले रुघाखोकी, संक्रमण र अन्य रोगबाट शरीरलाई जोगाउँछ ।

रक्तचाप नियन्त्रणमा सहयोगी
सन् २०१४ मा गरिएको एक अध्ययन अनुसार दैनिक दुईदेखि तीनवटा कीवी सेवन गर्ने व्यक्तिहरूमा रक्तचाप घट्ने देखिएको छ । लामो समयसम्म किवी सेवन गर्दा उच्च रक्तचाप, स्ट्रोक, हृदयघात र मुटु सम्बन्धी रोगहरूको जोखिम घट्छ ।

रगत जम्न दिँदैन
किवीमा पाइने प्राकृतिक तत्वहरूले रगत जम्न नदिने क्षमता राख्छन् । यसले रक्तसञ्चारलाई सहज बनाउँछ र शरीरमा बोसोको मात्रा कम गर्न मद्दत गर्छ ।

घाउ छिटो निको पार्ने गुण
यदि घाउ लागेको छ वा शल्यक्रिया भएको छ भने किवी खानु लाभदायी हुन्छ । यसमा पाइने एन्टिब्याक्टेरियल र एन्टिइन्फ्लेमेटरी गुणहरूले घाउ छिटो सुकाउन र शरीरलाई छिटो निको पार्न सहयोग गर्छन् ।

स्वास्थ्यविद्हरूका अनुसार, प्राकृतिक एन्टिअक्सिडेन्ट र पोषक तत्वले भरिपूर्ण कीवीलाई दैनिक आहारमा समावेश गर्नाले शरीरलाई स्वस्थ र ऊर्जावान राख्न सकिन्छ ।

कीवी केवल स्वादिलो फल मात्र होइन, यो शरीरका अंगहरूलाई स्वस्थ राख्ने प्राकृतिक औषधि हो । नियमित रूपमा २–३ वटा किवी सेवन गर्नाले प्रतिरोधात्मक शक्ति बढ्छ, रक्तचाप सन्तुलनमा रहन्छ र शरीरलाई रोगबाट टाढा राख्न मद्दत गर्छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *