• कार्तिक १९, २०८२
  • No Comment
  • 132

कर्णालीलाई नेपालको प्रमुख गन्तव्य बनाउने : मन्त्री अधिकारी

कर्णाली । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले कर्णालीलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन्।

मंगलवार सुर्खेत वीरेन्द्रनगरमा ‘जाउँ है बेगनास पोखरा प्रवर्द्धन कार्यक्रम’ लिएर आएका होटेल एण्ड रेस्टुरेन्ट एशोसिएशन लेखनाथ पोखरा कास्कीको भ्रमण टोलीसँगको छलफलमा मन्त्री अधिकारीले कर्णाली र गण्डकी दुवै प्रदेशमा पर्यटकीय दृष्टिले अपार सम्भावना रहेको बताए।

उनले भने, “पूर्वाधारका हिसाबले कर्णाली केही कमजोर देखिए पनि यहाँ धार्मिक, ऐतिहासिक र प्राकृतिक पर्यटनका अनेक सम्भावना छन्। यी सम्पदाहरूको प्रचार–प्रसार र प्रवर्द्धनमा सरकार गम्भीर रूपमा लागेको छ।”

मन्त्री अधिकारीले बेगनास पोखरा र कर्णालीबीच पर्यटन प्रवर्द्धनमा सहकार्य र प्रचारात्मक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार मध्यपहाडी लोकमार्गले अब कर्णाली र गण्डकी प्रदेशलाई जोडेर पर्यटन विकासमा सेतुको भूमिका निर्वाह गर्नेछ।

छलफलमा कर्णाली प्रदेश पर्यटन बोर्डका सदस्य तथा व्यवसायी पदमबहादुर शाहीले पर्यटन क्षेत्रले रोजगारी सिर्जना गर्नका साथै आम्दानी र राज्यको राजस्व वृद्धि गर्न योगदान पुर्‍याउने बताए। उनले पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्र र राज्यबीचको सहकार्य अपरिहार्य भएको उल्लेख गरे।

होटेल तथा रेष्टुरेन्ट एशोसिएशन लेखनाथ पोखरा कास्कीका अध्यक्ष वीरभद्र कँडेलले पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भमा गरिएको यो भ्रमण अवलोकनले कर्णाली र बेगनासबीचको सम्बन्ध सुदृढ हुने र दुवै प्रदेशको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए। उनका अनुसार हाल एशोसिएशनले बुटवल, बर्दिया र सुर्खेतको भ्रमणसमेत गरिरहेको छ।

कार्यक्रममा उद्योग मन्त्रालयका निमित्त सचिव सुनिता केसी र वन निर्देशनालय सुर्खेतका निर्देशकले कर्णाली सरकारले लिएको पर्यटन नीति, गुरुयोजना, हालसम्म भएका प्रवर्द्धनका गतिविधि र आगामी रणनीति तथा लक्ष्यबारे प्रस्तुति दिएका थिए।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *