• कार्तिक १९, २०८२
  • No Comment
  • 72

कर्णालीलाई नेपालको प्रमुख गन्तव्य बनाउने : मन्त्री अधिकारी

कर्णाली । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले कर्णालीलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन्।

मंगलवार सुर्खेत वीरेन्द्रनगरमा ‘जाउँ है बेगनास पोखरा प्रवर्द्धन कार्यक्रम’ लिएर आएका होटेल एण्ड रेस्टुरेन्ट एशोसिएशन लेखनाथ पोखरा कास्कीको भ्रमण टोलीसँगको छलफलमा मन्त्री अधिकारीले कर्णाली र गण्डकी दुवै प्रदेशमा पर्यटकीय दृष्टिले अपार सम्भावना रहेको बताए।

उनले भने, “पूर्वाधारका हिसाबले कर्णाली केही कमजोर देखिए पनि यहाँ धार्मिक, ऐतिहासिक र प्राकृतिक पर्यटनका अनेक सम्भावना छन्। यी सम्पदाहरूको प्रचार–प्रसार र प्रवर्द्धनमा सरकार गम्भीर रूपमा लागेको छ।”

मन्त्री अधिकारीले बेगनास पोखरा र कर्णालीबीच पर्यटन प्रवर्द्धनमा सहकार्य र प्रचारात्मक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार मध्यपहाडी लोकमार्गले अब कर्णाली र गण्डकी प्रदेशलाई जोडेर पर्यटन विकासमा सेतुको भूमिका निर्वाह गर्नेछ।

छलफलमा कर्णाली प्रदेश पर्यटन बोर्डका सदस्य तथा व्यवसायी पदमबहादुर शाहीले पर्यटन क्षेत्रले रोजगारी सिर्जना गर्नका साथै आम्दानी र राज्यको राजस्व वृद्धि गर्न योगदान पुर्‍याउने बताए। उनले पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्र र राज्यबीचको सहकार्य अपरिहार्य भएको उल्लेख गरे।

होटेल तथा रेष्टुरेन्ट एशोसिएशन लेखनाथ पोखरा कास्कीका अध्यक्ष वीरभद्र कँडेलले पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भमा गरिएको यो भ्रमण अवलोकनले कर्णाली र बेगनासबीचको सम्बन्ध सुदृढ हुने र दुवै प्रदेशको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए। उनका अनुसार हाल एशोसिएशनले बुटवल, बर्दिया र सुर्खेतको भ्रमणसमेत गरिरहेको छ।

कार्यक्रममा उद्योग मन्त्रालयका निमित्त सचिव सुनिता केसी र वन निर्देशनालय सुर्खेतका निर्देशकले कर्णाली सरकारले लिएको पर्यटन नीति, गुरुयोजना, हालसम्म भएका प्रवर्द्धनका गतिविधि र आगामी रणनीति तथा लक्ष्यबारे प्रस्तुति दिएका थिए।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *