• कार्तिक १९, २०८२
  • No Comment
  • 137

इन्डोनेशियाको सुलावेसी द्वीपमा ६.२ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । इन्डोनेशियाको सुलावेसी द्वीपमा बुधबार बिहान ६ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ। इन्डोनेशियाको मौसम, विज्ञान, जलवायु र भू–भौतिकी एजेन्सी (BMKG) ले भूकम्पको पुष्टि गरेको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भूकम्पबाट हालसम्म कुनै मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन। अधिकारीहरूले भूकम्पपछि सुनामीको कुनै खतरा नरहेको पनि बताएका छन्।

यो भूकम्प हालैका दिनमा इन्डोनेशियामा गएको दोस्रो ठूलो भूकम्प भएको बताइएको छ। इन्डोनेशिया प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले यहाँ बारम्बार भूकम्प आउने गर्छ।

गत साता मात्रै मालुकु द्वीपसमूह नजिक बान्दा सागरमा १३७ किलोमिटर गहिराइमा ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यस भूकम्पबाट पनि ठूलो क्षति भने भएको थिएन।

भूकम्पपछि स्थानीय बासिन्दालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन अधिकारीहरूले आग्रह गरेका छन्।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *