• साउन २६, २०८२
  • No Comment
  • 182

हियाखोलाको बाँझो जमिनमा फर्कियो हरियाली: चार वर्षपछि तिलाको पानी खेतमा, किसानको मुहारमा खुसीको लहर

जुम्लाको तातोपानी गाउँपालिका-६ स्थित हियाखोला जिउलोका किसानहरूको मुहारमा चार वर्षपछि खुसीको लहर छाएको छ। २०७९ सालको बाढीले सिँचाइ कुलो बगाएपछि बाँझो बनेको उनीहरुको खेतबारीमा अब फेरि हरियाली फर्किने भएको छ। तिला नदीको पानीलाई करिब दुई किलोमिटर उकालो तानेर खेतसम्म पुर्याइएपछि वर्षौंदेखिको सिँचाइ अभावको अन्त्य भएको हो।

वि.सं. २०७९ मा आएको अविरल वर्षा र बाढीले हियाखोला जिउलोको सिँचाइ कुलो पूर्ण रूपमा भत्काएको थियो। त्यसपछि, मार्सीधान र स्याउ खेतीका लागि प्रख्यात यो उर्वर भूमि पानीको अभावमा सुक्खा र बाँझो बनेको थियो। किसानहरूले सिँचाइ नहुँदा खेतबारीमा बाली लगाउन पाएका थिएनन्, जसले उनीहरूको जीविकोपार्जनमा समेत असर पारेको थियो।

स्थानीय किसानको समस्यालाई मध्यनजर गर्दै संघीय सरकारले ८८ लाख रुपैयाँ बजेट विनियोजन गर्यो। सोही बजेट र तातोपानी गाउँपालिकाको सक्रियतामा यो महत्वाकांक्षी सिँचाइ आयोजना सम्पन्न भएको हो। गाउँपालिकाका इन्जिनियर डिल्ली बुढाका अनुसार, तिला नदीबाट २५० मिटर उचाइसम्म पानी तानेर १७९५ मिटर जीआई पाइप र २५० मिटर एचडीपीई पाइपमार्फत खेतमा पुर्याइएको छ। २० एचपीको पम्प प्रयोग गरिएको यो आयोजना हाल सौर्य ऊर्जाबाट सञ्चालनमा छ। यो आयोजनाले १४.४ हेक्टर धान खेती र १६.६२ हेक्टर स्याउ बगैंचालाई सिँचाइ सुविधा उपलब्ध गराएको छ। खेतमा पानी पुगेपछि उत्साहित भएका किसानहरू अब मार्सीधान र अन्य फलफूल खेतीलाई निरन्तरता दिन सक्नेछन्। गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले निकट भविष्यमै यसलाई विद्युतबाट सञ्चालन गरिने र सुक्खा जिउलोलाई पुनः हराभरा बनाइने बताउनुभयो। यो आयोजनाले किसानलाई ढुक्कसँग कृषि उत्पादन गर्न र उनीहरूको आर्थिक अवस्था सुधार गर्न ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *