• साउन २०, २०८२
  • No Comment
  • 119

योगले शरीरमा कस्तो प्रभाव पार्छ ?

साउन २० — आधुनिक युगमा अत्याधुनिक प्रविधि र उपकरणमार्फत स्वास्थ्य उपचार सम्भव हुँदै गए पनि हाम्रो पूर्खाहरुले पहिल्यै रोगमुक्त जीवनशैलीलाई प्राथमिकता दिएका थिए। त्यसैको मूर्त रूप हो — योग। अहिले पुनः विश्वभर योगप्रति आकर्षण बढ्दो छ।

योगले शरीरमा पार्ने प्रभाव चमत्कारी मानिन्छ। शारीरिक मात्र होइन, मानसिक तथा भावनात्मक सन्तुलन कायम राख्न पनि योगको भूमिका महत्वपूर्ण छ।

स्वस्थ्य शरीर, स्वस्थ मन

योग अभ्यास सुरु गरेदेखि नै शरीरमा सकारात्मक परिवर्तन देखिन थाल्छ। विभिन्न आसनले शरीरका छुट्टाछुट्टै अंगमा प्रभाव पार्छन् भने केही आसन, जस्तै सूर्य नमस्कार, सम्पूर्ण शरीरका लागि लाभदायक मानिन्छन्। योगले शरीरलाई छरितो, बलियो र लचकदार बनाउने काम गर्छ।

मनमा उमंग, तनावमा राहत

नियमित योगले मानसिक तनाव, डिप्रेसन, वेचैनी लगायतका समस्याबाट छुटकारा दिन्छ। योग र ध्यानको अभ्यासले मनलाई शान्त, सन्तुलित र सकारात्मक बनाउँछ। योगले क्रोध, मोह, लोभ, इर्ष्या जस्ता विकार हटाई प्रेम, करुणा र सद्भावनाको विकास गर्छ।

कार्य क्षमतामा वृद्धि

योगले शरीरमा उर्जा सञ्चार गर्छ। नियमित अभ्यासले थकान घटाउँछ र लामो समयसम्म सक्रिय रहन सकिन्छ। जसले गर्दा कार्यक्षमता स्वतः वृद्धि हुन्छ।

निन्द्रामा सुधार, व्यक्तित्वमा निखार

प्राणायाम र ध्यानको प्रभावले शरीरमा प्राणवायुको प्रवाह बढ्छ। यसले विकार हटाउँछ र मस्तिष्कलाई सक्रिय राख्छ। फलस्वरूप, गहिरो निन्द्राको अनुभव हुन्छ। नियमित योगले मानिसको व्यक्तित्वमा समेत निखार ल्याउँछ — अनुहार उज्यालो हुन्छ, शरीर लचकदार र आत्मविश्वास उच्च देखिन्छ।

स्वास्थ्य उपचारका लागि अत्याधुनिक विधि भएपनि रोग नलाग्ने जीवनशैली विकास गर्नु अझ राम्रो विकल्प हो भन्ने सन्देश योगले दिन्छ। यही कारण अहिले विश्वभर योगको महत्व पुनः उच्च भएको छ।

सम्बन्धित खबर

भायानेटले ल्यायो अत्याधुनिक वाइफाइ ६: घरको कुना-कुनासम्म तीव्र गति इन्टरनेट

भायानेटले ल्यायो अत्याधुनिक वाइफाइ ६: घरको कुना-कुनासम्म तीव्र गति…

काठमाडौँ, २२ मार्च २०२६ — नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर सिग्नल जस्ता…
हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरी र नवजात शिशुको मृत्यु

हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरी र नवजात शिशुको मृत्यु

बाजुरा — बाजुराको दुर्गम क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी एक सुत्केरी महिला र उनका नवजात शिशुको उपचारका क्रममा निधन भएको छ। बडीमालिका…
 दार्चुलामा ४.२ म्याग्निच्युडको भूकम्प

 दार्चुलामा ४.२ म्याग्निच्युडको भूकम्प

दार्चुलामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ बजेर ५१ मिनेट जाँदा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *