• साउन ५, २०८२
  • No Comment
  • 168

आजकाे मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

साउन ५ – सोमबार (आज) देशभरको मौसम बदली रहने र विभिन्न स्थानमा वर्षा हुने क्रम जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहान ६ बजे जारी गरिएको बुलेटिनअनुसार विशेष गरी देशका पहाडी र हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना छ भने चार प्रदेशका केही स्थानमा भारी वर्षा पनि हुन सक्ने चेतावनी दिइएको छ।

 
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रका केही स्थानमा तथा बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ। यससँगै उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 
कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भागमा पनि राति हल्कादेखि मध्यम वर्षा सम्भावित छ। गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ। साथै, देशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा राति पनि वर्षा वा हिमपात हुन सक्नेछ।

 
मौसम महाशाखाले लगातारको वर्षाले नदी, नाला तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहिरो र सडक अबरुद्ध हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी पहाडी भूभाग र नदी किनारमा बसोबास गर्नेहरुलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *