• असार २९, २०८२
  • No Comment
  • 159

मौसम पूर्वानुमान : कर्णालीबाहेक अन्य प्रदेशमा भारी वर्षाको सम्भावना 

 २९ असार — हाल देशभर मनसुनी वायुको सक्रियता जारी रहेकाले विभिन्न स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सामान्य स्थानमा र पश्चिमतर्फ औसत स्थानभन्दा केही उत्तरतिर रहेको छ। यस कारण देशका अधिकांश भागमा मौसम बदली रहेको र केही स्थानहरूमा वर्षा भइरहेको छ।

 
दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै, उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपात पनि हुन सक्छ।

 
राति पनि देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ। कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

 
सम्भावित वर्षाका कारण देशका विभिन्न स्थानहरूमा भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। साथै, तराई र शहरी क्षेत्रमा डुबानको सम्भावना पनि रहेको भन्दै महाशाखाले सतर्क रहन आग्रह गरेको छ। ठूला–साना नदी, खोलानालामा पानीको सतह बढ्न सक्ने भएकाले नदी आसपासका बस्तीमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

वर्षाले जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित पार्न सक्ने भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन महाशाखाले सर्वसाधारण र सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ।

सम्बन्धित खबर

रुकुम पश्चिममा सानोभेरी नदीमा दुई बालिका मृत फेला, एक अझै बेपत्ता

रुकुम पश्चिममा सानोभेरी नदीमा दुई बालिका मृत फेला, एक…

 २६ फागुन। रुकुम पश्चिमको सानोभेरी नदीमा दुई जना बालिका मृत अवस्थामा फेला परेका छन् भने अर्की एक बालिका अझै बेपत्ता रहेकी…

Understanding legal regulations in gambling A comprehensive guide to…

Understanding legal regulations in gambling A comprehensive guide to compliance The Importance of Compliance in Gambling Compliance with legal regulations is…

Solo-Steroid-Kurse im Bodybuilding: Eine gezielte Herangehensweise an die Leistungssteigerung

Bodybuilding ist nicht nur ein Sport, sondern auch eine Wissenschaft, die sich mit dem Aufbau von Muskelmasse und der Steigerung der…

Leave a Reply

Your email address will not be published. Required fields are marked *