• असार १५, २०८२
  • No Comment
  • 127

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकोले आज दिनभर मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाका अनुसार मौसम पूर्वानुमान बुलेटिन अनुसार, यी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना उच्च रहेको छ। साथै अन्य प्रदेशका पहाडी भू–भागका एकदुई स्थानहरूमा पनि वर्षा तीव्र हुने देखिएको छ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागहरूमा समेत हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको महाशाखाको भनाइ छ। यस्तै, रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरैजसो स्थानहरूमा वर्षा जारी रहने अनुमान गरिएको छ।

मौसमविद्हरूले भारी वर्षाका कारण बाढी, पहिरो र डुबानजस्ता जोखिम बढ्न सक्ने भन्दै स्थानीयबासीलाई सतर्क रहन आग्रह गरेका छन्। विशेषगरी पहाडी र हिमाली भूगोलमा यात्रा गर्दा सावधानी अपनाउन र मौसमअनुसार पूर्वतयारी गर्न पनि महाशाखाले सुझाव दिएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *