• असार १२, २०८२
  • No Comment
  • 131

विषादी न्यूनीकरणमा जोड दिँदै कृषि ज्ञान केन्द्र

हिमाली जिल्ला मनाङमा रासायनिक विषादीरहित उत्पादन हुने स्थानको रूपमा परिचित छ । तर, यहाँ विषादी उपयोगमा न्यूनीकरण तथा प्रयोगमा ल्याउनु अघि नै सचेत गराउने उद्देश्यले समुदायस्तरमा सचेतना फैलाउन कृषि ज्ञान केन्द्र लागिपरेको छ ।

खेतीबालीमा अधिकांश स्थानमा विषादी प्रयोग भएको पाइएको छ । यहाँ पनि बढी उत्पादन लिने र किराफट्याङ्ग्रालाई मार्ने उद्देश्यले उपयोगमा ल्याउन सक्ने सम्भाव्यतालाई मध्यनजर गरी सचेतनाका कार्यक्रम गरिएको केन्द्र प्रमुख मदन रेग्मीले जानकारी दिनुभयो । मानव स्वास्थ्यमा पार्ने असरका बारेमा समुदायस्तरमा सचेतना फैलाउन आवश्यक देखेर अभियानकै रूपमा कार्यक्रमलाई अगाडि बढाइएको उहाँले बताउनुभयो ।  “रासायनिक विषादी उपयोगलाई न्यूनीकरण गर्दै स्थानीय वनस्पति, गहुँत, गोबरलगायतबाट मल बनाउन समेत सिकाइएको छ, जैविक मलको प्रयोगले माटोको उर्वरतामा वृद्धि गर्छ, यसका लागि जैविक मल उपयुक्त हो”, उहाँले भन्नुभयो । किराफट्याङ्ग्रा लाग्न नदिनका लागि वानस्पतिक विषादी एवं झोलमल बनाउने विधिसम्बन्धि तालिम दिइएको छ । चामे गाउँपालिका–२ का करिब ४२ किसानलाई प्राङ्गारिकमय बनाउने उद्देश्यले रासायनिकभन्दा प्राङ्गारिक मल प्रयोगमा ल्याउन सिकाइएको प्रमुख रेग्मीले बताउनुभयो ।

“विषादीरहित खानपान हुन्छ भन्ने बुझेका यहाँ आउने पर्यटकलाई व्यवहारमा पनि लाग्नु आवश्यक छ, जसले मानवीय स्वास्थ्यमा पनि असर नगरोस् र यसले जैविक खेतीतर्फ आकर्षित पनि गराउन सकियोस्”, उहाँले भन्नुभयो, “विषादीको प्रयोगलाई न्यूनीकरणभन्दा पनि पूर्ण रूपमा उपयोगमा नल्याउन सिकाइएको छ ।” सिस्नु, तितेपातीबाट जैविक मल बनाउन सिकाइएको छ । जैविक मलले माटोको उर्वरतामा वृद्धि गर्ने प्रमुख रेग्मीले बताउनुभयो । मनाङमा उत्पादित खाद्यवस्तु पूर्ण रूपमा विषादीरहित भए पनि अहिले मौसममा आएको परिवर्तनले विषादी हाल्नुपर्ने सूचना पाएका किसानलाई सचेत गराउन आवश्यक छ । मावनीय स्वास्थ्यसँग जोडिएकाले खाद्यान्न, तरकारीलगायतमा विषादी प्रयोगलाई पूर्ण रूपमा निरुत्साहित गर्नुपर्ने देखिन्छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *